रोमाञ्चक भिडन्तमा गुजरातलाई हराएपछि मुम्बईको सिधै फाइनल पुग्ने सम्भावना बलियो
काठमाडौँ । भारतमा जारी महिला प्रिमियर लिग क्रिकेट प्रतियोगितामा मुम्बई इन्डियन्सले पाँचौँ जित हात पार्दै सिधै फाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । मुम्बई इन्डियन्सले सोमबार राति सम्पन्न खेलमा गुजरात जायन्ट्समाथि नौ रनको रोमाञ्चक जित हासिल गरेको हो ।
मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगमा गुजरात जायन्ट्सलाई लगातार छैटौँ पटक हराएको हो । टस हारी पहिले ब्याटिको निम्तो पाएको मुम्बई इन्डियन्सले निर्धारित ओभरमा ६ विकेट गुमाएर एक सय ७९ रन बनाएको थियो ।
जवाफी ब्याटिमा ओर्लिएको गुजरात जायन्ट्सले भने निर्धारित २० ओभरमा अलआउट हुँदै एक सय ७० रनमात्र बनाउन सक्यो । लिग चरणमा अब मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेंगलुरुले मात्र एक–एक खेल खेल्न बाँकी छ ।
मुम्बई इन्डियन्स र साविक विजेता रोयल च्यालेन्जर्स बेंगलुरुबिचको खेल मंगलबार खेलिने छ । उक्त खेलमा विजयी भए मुम्बई इन्डियन्स सिधै प्रतियोगिताको फाइनलमा पुग्नेछछ । रोयल च्यालेन्जर्स बेंगलुरु भने यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ ।
आठ खेल खेलेको दिल्ली क्यापिटल्स १० अंकसहित पहिलो, सात खेल खेलेको मुम्बई १० अंकसहित दोस्रो, आठ खेल खेलेको गुजरात जायन्ट्स आठ अंकसहित तेस्रो, समान खेल खेलेको यूपी वारियर्स ६ अंकसहित चौथो र सात खेल खेलेको रोयल च्यालेन्जर्स बेंगलुरु चार अंकसहित पाँचौँ स्थानमा छन् ।
गुजरात जायन्ट्स यसअघि नै प्रतियोगिताको एलिमिनेटर चरणमा पुगिसकेको छ । अब मंगलबारको खेलपछि दिल्ली र मुम्बईमध्ये एक टोली सिधै फाइनलमा पुग्नेछ भने अर्को टोलीले एलिमिनेटर चरणमा स्थान सुरक्षित तुल्याउने छ ।
गुजरातविरुद्धको खेलमा मुम्बईका लागि कप्तान हरमनप्रित कौरले अर्धशतकीय पाली खेलिन् । उनले ५४ रन बनाइन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल ३३ बलको सामना गरी नौवटा चौका पनि हिर्काइन् । मुम्बईको जितमा नट सिभर ब्रन्टले पनि ३८ रनको योगदान गरिन् ।
उनले ३१ बलमा ६ चौका हिर्काइन् । अमनजोत कौरले केवल १५ बलमा एक छक्का तीन चौकाको मद्दतले २७ रन बनाइन् । जवाफी ब्याटिङ गरेको गुजरातका लागि भारती फूलमालीले उत्कृष्ट अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
भारतीले ६१ रन बनाएकी थिइन् । आक्रामक रुपमा प्रस्तुत भएकी उनले केवल २५ बलको सामना गरी चार छक्का र आठ चौका हिर्काइन् । जिततर्फ अग्रसर रहेको गुजरातले अन्तिम ओभरमा लगातार तीन विकेट गुमाएपछि नमिठो पराजय स्वीकार्नु परेको थियो । मुम्बईका बलर हेली म्याथ्यूज र अमेलिया केरले तीन–तीन तथा सबनिम ईस्माइलले दुई विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कालोपत्रपछि बर्खायाममा सहज बन्यो दोर्दीको केन्द्र जोड्ने सडक
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण