धमाधम खिचिँदै नेपाली फिल्म, स्टारकै जगजगी
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा आइतबार भएको राजवादीको प्रदर्शन फिल्म ‘माग्ने राजा’ले समेत क्यामरामा कैद गरेको छ ।
फिल्मका लागि आवश्यक दृश्य भन्दै निर्माण युनिटले विमानस्थलदेखि महाराजगञ्जसम्म सात जना क्यामेराम्यान खटाएर खिचेको हो ।
_teCb7E7aWE.jpg)
‘माग्ने राजा’ अहिले फ्लोरमा छ । ऋषि लामिछानेको निर्देशन रहेको फिल्मले महाशिवरात्रिमा सूर्यविनायक मन्दिरमा स्क्रिप्ट पूजा गर्दै काभ्रेको बल्थलीबाट छायांकन सुरु गरेको थियो ।

‘माग्ने राजा’ मात्र होइन, यतिवेला ‘वरिष्ठ बलराम’, ‘कोसेढुंगा’, ‘हर्ष’, ‘कुस्ती’, ‘कल्ली’, ‘पहाड’, ‘जेरी अनटप’लगायत आधा दर्जन बढी फिल्म फ्लोरमा छन् । फरक यति हो, कति फिल्म भर्खर फ्लोरमा निस्किएका हुन् भने केही छायांकनको अन्तिम चरणमा छन् ।

‘वरिष्ठ बलराम’ले गतसाता काठमाडौँको बुढानीलकण्ठ मन्दिरमा पूजा गर्दै छायांकन सुरु गरेको हो । सुरेन्द्र पौडेल निर्देशन रहेको फिल्म चितवन र हेटौँडाका विभिन्न स्थानमा छायांकन हुनेछ ।
‘कोसेढुंगा’गत महाशिवरात्रिबाट छायांकनमा निस्किएको हो । च्यासल ग्राउन्डमा शुभमुहूर्त गर्दै छायांकनमा निस्किएको फिल्म काठमाडौँ र स्याङ्जामा खिचिनेछ । फिल्मका निर्देशक सरोज पौडेल हुन् । उनले यसअघि ‘पूर्णबहादुरको सारंगी’ निर्देशन गरेका थिए ।
‘कल्ली’ गत ११ फागुनबाट फ्लोरमा निस्किएको फिल्म हो । बौद्धमा अवस्थित एक घरबाट छायांकन सुरु भएको फिल्म केही दिन काठमाडौँको छायांकनपछि जुम्ला पुगेको छ । ३५ दिन सेड्युल रहेको फिल्मको अहिले ६० प्रतिशत छायांकन सकिएको किरण नेपालीले बताए । फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरिरहेका छन् ।

‘हर्ष’ पनि अहिले फ्लोरमा भएको फिल्म हो । महाशिवरात्रिको अवसर पारेर ठमेलस्थित त्रिदेवी मन्दिरमा पूजा गर्दै शुभमुर्हूत गरेको फिल्म गत १७ गतेबाट छायांकनका लागि फ्लोरमा निस्किएको हो । फिल्मका निर्देशक एकता पौडेल हुन् ।
त्यस्तै, ‘कुस्ती’को अहिले काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको छ । गत १३ गते मातातीर्थमा मुहूर्त पूजा गर्दै फिल्म फ्लोरमा निस्किएको हो । फिल्मको सेड्युल ४५ दिन रहेको निर्मातासमेत रहेका कलाकार बुद्धि तामाङले बताए । फिल्मका निर्देशक अनिल योन्जन हुन् ।
वरिष्ठ निर्देशक तुलसी घिमिरेको फिल्म ‘पहाड’ पनि अहिले फ्लोरमै छ । गत माघ २२ गते मुहूर्त गरेर फिल्मको छायांकन थालिएको थियो, तर निर्देशक घिमिरेको स्वास्थ्यमा समस्या आएपछि दोस्रो दिनदेखि रोकिएको थियो । फिल्मको छायांकन गत फागुन ९ देखि गोरखाबाटै फेरि सुरु भएको छ ।

फिल्म ‘जेरी अन टप’ पनि अहिले फ्लोरमै छ । गत कात्तिक १२ गते ललितपुरको पाटनस्थित बंगलामुखी मन्दिरमा मुहूर्तसँगै फ्लोरमा निस्किएको फिल्म काठमाडौँ, लुक्ला र भारतमा समेत छायांकन भएको छ । फिल्मको छायांकन अन्तिम चरणमा रहेको निर्माण युनिटले जनाएको छ । फिल्मका निर्देशक सुयोग गुरुङ हुन् ।
- स्टारकै जगजगी
पछिल्लो समय फिल्ममा नवकलाकारको प्रवेश धेरै भएको छ । तर, फिल्मको व्यवसाय घट्दो भएको कारण फिल्ममा नवकलाकारभन्दा चलेकै (स्टार) कलाकारले बढी प्रथामिकता पाउने गरेका छन् । अहिले फ्लोरमा रहेका ‘माग्ने राजा’ ‘वरिष्ठ बलराम’, ‘कोसेढुंगा’, ‘हर्ष’, ‘कुस्ती’, ‘कल्ली’, ‘पहाड’ र ‘जेरी अनटप’ लगायत फिल्मले पनि त्यही देखाउँछ ।
फिल्म ‘माग्ने राजा’मा केदार प्रसाद घिमिरे, वर्षा सिवाकोटी, विल्सन विक्रम राई लगायतको अभिनय रहनेछ । एक गरिबको धनी बन्ने महत्वकाक्षांको कथामा बन्न लागेको फिल्मका निर्माता मुनाल घिमिरे हुन् । आगामी हरितालिका तीजमा फिल्मको रिलिज बताइन्छ ।
‘वरिष्ठ बलराम’मा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय रहनेछ । फिल्मको निर्मातामा आशीष एच तामाङ र श्रीराज कार्की रहेका छन् ।

‘कोसेढुंगा’मा आर्यन सिग्देल, सरोज खनाल, विशाल पहाडी, शेखर चापागाईं, सिरु विष्ट, उद्वव सापकोटलगायत कलाकारको अभिनय रहनेछ । नरदेवी फिल्म्सको प्रस्तुति रहेको फिल्मका निर्माता प्रेविल कँडेल र किशोर अनुराग हुन् ।

यस्तै, ‘हर्ष’मा खगेन्द्र लामिछाने, वर्षा राउत, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडीलगायत कलाकार रहनेछ ।
‘कुस्ती’मा धीरज मगर, मिरुना मगर, बुद्धि तामाङ, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारको अभिनय रहेनछ । फिल्मका निर्माता बुद्धि तामाङ हुन् ।

लेकाली इन्टरटेन्मेन्ट र कस्तुरी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको ‘कल्ली’मा हिमाल कडरिया र अमलादेवी राईको लगानी छ । फिल्ममा उत्तम प्रधान, सौगात मल्ल, अर्पण थापा, बेनिशा हमाल, नाजिर हुसेन, वर्षा राउत, विनोद न्यौपाने, रेयर राई, प्रियना आचार्य, गीता अधिकारी, कुलदीप अधिकारी र बेगम नेपाली लगायत कलाकार हुनेछन् ।
‘पहाड’ भाग्यरत्न फिल्म्स् प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्म हो । फिल्ममा विपिन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षत्री, रवीन्द्रसिंह बानियाँ, सलोना बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ ।
‘जेरी अन टप’मा अनमोल केसी, जसिता गुरुङ, आँचल शर्मा, भुवन केसी, केदार घिमिरे (माग्नेबुढा), सुरक्षा पन्त, निर्मल शर्मालगायत कलाकारको अभिनय रहने छ । अनन्या फिल्म्स्को प्रस्तुति रहेको फिल्मलाई सरोज न्यौपानेले निर्माण गर्न लागेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेरि बढ्यो अण्डाको मूल्य : प्रति क्रेट कति पुग्यो ?
-
१८ औं इन्डो–नेपाल खुला कराते: एकल कातामा सुलभ र अंकितालाई स्वर्ण
-
सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरण छानबिन गर्न समिति गठन
-
रास्वपाद्वारा लुम्बिनीका ९१ स्थानीय तहमा अधिवेशन सम्पन्न, जिल्ला अधिवेशनको पनि तीव्र तयारी
-
नयाँ दल बनाउन कस्सिए धवलशमशेर र दुर्गा प्रसाईँ, राप्रपालाई धक्का !
-
प्लास्टिक प्रदूषण न्यूनीकरण गर्न आ–आफ्नो बानी बदलौँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण