मृत भेटिए दक्षिण कोरियाली गायक
मङ्गलबार, २७ फागुन २०८१, ११ : ३३
सोल । दक्षिण कोरियाली गायक विसङ मृत भेटिएका छन् । सोलस्थित आफ्नै घरमा सोमबार उनी मृतावस्थामा भेटिएका हुन् ।
४३ वर्षीय उनलाई कार्डियाक अरेस्ट भएको र अचेत अवस्थामा भेटिनुभन्दा निकै समयअघि नै उनको मृत्यु भइसकेको बताइएको छ ।
विसङको वास्तविक नाम चोई वि–सङ हो । उनले २००२ मा संगीतको क्षेत्रमा डेब्यू गरेका थिए । आवाजकै कारण डेब्यू गर्ने बित्तिकै उनी निकै चर्चित बने ।
२००० को दशकमा उनी निकै लोकप्रिय थिए । दक्षिण कोरियामा आरएन्डबीलाई चर्चित बनाएको श्रेय यिनैलाई जान्छ । वर्षौसम्म विसङले आफूलाई के–पप स्टारका मेन्टर र भोकल कोचको रूपमा स्थापित गरेका थिए ।
केहीका लागि त उनले गीत पनि लेखिदिएका छन् । यही सप्ताहान्तमा दाएगु शहरमा गायक केसीएमसँग विसङको कन्सर्ट हुँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घरमा मल लुकाएर महँगोमा बेच्ने वडा सदस्य फरार, प्रहरीद्वारा ४०० बोरा मल नियन्त्रणमा
-
विद्युत् महसुल अनुदानमा रोक नलगाएको अर्थमन्त्रीको सचिवालयको प्रस्टोक्ति
-
फिर्ता भयो ककरोच जनता पार्टीको आन्दोलन
-
भाइरल भिडियो प्रयोग गरेर ट्राफिकले बनायो आकर्षक सन्देशमूलक सामग्री
-
विद्युत् बिलमा भ्याट, ऊर्जामन्त्रीको निर्देशनपछि राजस्वसँग राय माग
-
भोजपुर नगरपालिका उपप्रमुख शेर्पालाई पदमुक्त गर्न एमालेको सिफारिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण