मृत भेटिए दक्षिण कोरियाली गायक
मङ्गलबार, २७ फागुन २०८१, ११ : ३३

सोल । दक्षिण कोरियाली गायक विसङ मृत भेटिएका छन् । सोलस्थित आफ्नै घरमा सोमबार उनी मृतावस्थामा भेटिएका हुन् ।
४३ वर्षीय उनलाई कार्डियाक अरेस्ट भएको र अचेत अवस्थामा भेटिनुभन्दा निकै समयअघि नै उनको मृत्यु भइसकेको बताइएको छ ।
विसङको वास्तविक नाम चोई वि–सङ हो । उनले २००२ मा संगीतको क्षेत्रमा डेब्यू गरेका थिए । आवाजकै कारण डेब्यू गर्ने बित्तिकै उनी निकै चर्चित बने ।
२००० को दशकमा उनी निकै लोकप्रिय थिए । दक्षिण कोरियामा आरएन्डबीलाई चर्चित बनाएको श्रेय यिनैलाई जान्छ । वर्षौसम्म विसङले आफूलाई के–पप स्टारका मेन्टर र भोकल कोचको रूपमा स्थापित गरेका थिए ।
केहीका लागि त उनले गीत पनि लेखिदिएका छन् । यही सप्ताहान्तमा दाएगु शहरमा गायक केसीएमसँग विसङको कन्सर्ट हुँदै थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
-
बागमती सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित
-
अब डीसीएनबाट रिलिज फिल्मले भीपीसीमा २५ प्रतिशत छुट पाउने
-
पाकिस्तानलाई गुप्तचर जानकारी दिएको आरोपमा भारतमा अर्का युट्युबर पक्राउ
-
भिजिट भिसा प्रकरणले प्रतिनिधिसभा बन्धक
-
काभ्रेमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु