सङ्घीय संसद् परिसरमा सांसदहरुको स्वास्थ्य परीक्षण
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको पहलमा सांसदहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सङ्घीय संसद् परिसरमा सांसदलगायत मर्यादापालक, कर्मचारी, सञ्चारकर्मीको स्वास्थ्य परीक्षण गरिएको हो ।
सरकारले नसर्ने रोगहरुको पहिचानकालागि फागुन महिनालाई एक महिने अभियानको रूपमा सञ्चालन गरिरहेको छ । सोही अभियान अन्तर्गत सांसदहरुको मधुमेह, उच्च रक्तचाप, मुगौलासम्बन्धी रोगका साथै शरीरको उचाइ र तौलको अनुपात परीक्षण गरिएको हो ।
सांसदहरुले उक्त अभियानको प्रशंसा गरेका छन् । स्वास्थ्य परीक्षणमा सहभागी सांसद कल्पना मियाँ कुसारीले स्वस्थ खानपान र नियमित योगाले स्वास्थ्य ‘रिपोर्ट’ राम्रो आएको बताइन् । उनले भनिन्, “म स्वास्थ्यमा सजग छु । सरकारको यो कदम सराहनीय छ । यस्ता परीक्षण अझै दुरदराजका जनतामा लानुपर्छ ।”
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को नसर्ने रोग तथा मानसिक स्वास्थ्य शाखाका ‘फोकल पर्सन’ तथा जनस्वास्थ्य अधिकृत दिपक भट्टले सर्वसाधारणलाई स्वास्थ्य परीक्षणमा प्रेरित गरिने बताए । उनका अनुसार आज र भोलि दुई दिन स्वास्थ्य परीक्षण संसद परिसरमा हुने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१८ वर्ष मुनिका बालबालिकालाई पार्टी सदस्य बनाउने प्रस्तावको कांग्रेसद्वारा आपत्ति
-
‘आइएम जीतबहादुर’ को पहिलो साताको आम्दानी ३१ लाख
-
असार १५ मा महासचिव पोखरेलेको सन्देश– किसानलाई करोडौँ अनुदान होइन मल, बीउ र उचित मूल्य देऊ
-
सुटिङका क्रममा कंगनाले वीर दासको ओठ टोकेर रक्ताम्मे बनाएको दाबी
-
करिब ७ सय ७५ किलो गाँजासहित ट्रक चालक पक्राउ
-
फिल्म ‘जलाकी’ मङ्सिर ४ बाट प्रदर्शनमा आउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण