काठमाडौँका ६ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
मङ्गलबार, २७ फागुन २०८१, १६ : ५९
काठमाडौँ । काठमाडौँको धोविचौरस्थित पव्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् ।
उनीहरू सम्पर्कविहीन भएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अवरुद्ध भएको छ ।
क्याम्पसमा असामान्य स्थिति पैदा भएको उल्लेख गर्दै मनोनयन दर्तापछिका सबै प्रक्रिया स्थगित भएको हो । क्याम्पसले जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मका लागि सबै प्रक्रिया स्थगित भएको उल्लेख छ ।
त्रिविको निर्णयअनुसार चैत ५ गते देशभरका क्याम्पसमा निर्वाचन सम्पन्न हुने कार्यतालिका छ । पब्लिक युथमा मतदाता नामावलीबारे विवाद रहँदै आएको छ ।
यसबाहेक काठमाडौँकै शंकरदेव, विश्वभाषा, नेपाल ल, आयुर्वेद र सरस्वती क्याम्पसको निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको प्राध्यापक संघका सभापति जगत तिमल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण