काठमाडौँका ६ क्याम्पसमा स्ववियु निर्वाचन अवरुद्ध
मङ्गलबार, २७ फागुन २०८१, १६ : ५९

काठमाडौँ । काठमाडौँको धोविचौरस्थित पव्लिक युथ क्याम्पसका क्याम्पस प्रमुख र प्रमुख निर्वाचन अधिकृत सम्पर्कविहीन भएका छन् ।
उनीहरू सम्पर्कविहीन भएपछि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अवरुद्ध भएको छ ।
क्याम्पसमा असामान्य स्थिति पैदा भएको उल्लेख गर्दै मनोनयन दर्तापछिका सबै प्रक्रिया स्थगित भएको हो । क्याम्पसले जारी गरेको सूचनामा अर्को सूचना नभएसम्मका लागि सबै प्रक्रिया स्थगित भएको उल्लेख छ ।
त्रिविको निर्णयअनुसार चैत ५ गते देशभरका क्याम्पसमा निर्वाचन सम्पन्न हुने कार्यतालिका छ । पब्लिक युथमा मतदाता नामावलीबारे विवाद रहँदै आएको छ ।
यसबाहेक काठमाडौँकै शंकरदेव, विश्वभाषा, नेपाल ल, आयुर्वेद र सरस्वती क्याम्पसको निर्वाचन प्रक्रिया पनि अवरुद्ध भएको प्राध्यापक संघका सभापति जगत तिमल्सिनाले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
नागरिक उन्मुक्ति पार्टीले अझै टुंगो लगाउन सकेन मन्त्रीको नाम
-
४ वटा निजी विद्यालयमा वाणिज्य विभागको छापा
-
‘बिचौलियाको चलखेलका कारण सरकारले गभर्नर नियुक्त गर्न सकेन’
-
माया राई सहकारीमा हुँदा साढे २ करोड अपचलन, ३७ लाख ३५ हजार बिगो दाबीसहित मुद्दा दायर
-
निराश हुनुहुँदैन, निराशाले आत्महत्या गराउँछ : गृहमन्त्री लेखक