पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
बुधबार, २८ फागुन २०८१, १० : ५८
इस्लामावाद । पाकिस्तानमा हाइज्याक भएको रेलबाट सयभन्दा धेरै यात्रीहरूलाई उद्धार गरिएको छ । त्यहाँको बलोचिस्तानमा क्षेत्रमा मंगलबार सशस्त्र समूहले करिब ४५० यात्रु सवार रेललाई कब्जामा लिएर कयौँ यात्रीलाई बन्दी बनाएको थियो ।
क्वेट्टाबाट पेशावर गइरहेको जफार एक्सप्रेस रेलमा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले नियन्त्रणमा लिएको थियो । दुर्गम सिबी जिल्लामा रेल हाइज्याक गर्नु अघि सो समूहले रेलको ट्र्याक बम हानेर उडाएको थियो ।
बुधबार बिहानसम्म कम्तीमा १६ जना आक्रमणकारी मारिएको र महिला र बालबालिकासमेत १०४ जना यात्री उद्धार गरिएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेको छ । यस घटनामा अहिलेसम्म कति जना मारिए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । तर रेलका चालकसमेत कम्तीमा १० जना मारिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण