पाकिस्तानमा ‘हाइज्याक’ भएको रेलबाट सयभन्दा धेरै यात्रुको उद्धार
बुधबार, २८ फागुन २०८१, १० : ५८

इस्लामावाद । पाकिस्तानमा हाइज्याक भएको रेलबाट सयभन्दा धेरै यात्रीहरूलाई उद्धार गरिएको छ । त्यहाँको बलोचिस्तानमा क्षेत्रमा मंगलबार सशस्त्र समूहले करिब ४५० यात्रु सवार रेललाई कब्जामा लिएर कयौँ यात्रीलाई बन्दी बनाएको थियो ।
क्वेट्टाबाट पेशावर गइरहेको जफार एक्सप्रेस रेलमा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी (बीएलए)ले नियन्त्रणमा लिएको थियो । दुर्गम सिबी जिल्लामा रेल हाइज्याक गर्नु अघि सो समूहले रेलको ट्र्याक बम हानेर उडाएको थियो ।
बुधबार बिहानसम्म कम्तीमा १६ जना आक्रमणकारी मारिएको र महिला र बालबालिकासमेत १०४ जना यात्री उद्धार गरिएको भन्दै स्थानीय सञ्चार माध्यमले समाचार छापेको छ । यस घटनामा अहिलेसम्म कति जना मारिए भन्ने यकिन तथ्याङ्क आइसकेको छैन । तर रेलका चालकसमेत कम्तीमा १० जना मारिएको अधिकारीहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुपन्देहीको सहिद नारायण पोखरेल क्याम्पसमा अनेरास्ववियुको प्यानल विजयी
-
गलकोट बहुमुखी क्याम्पसमा क्रान्तिकारीका साहानी निर्वाचित
-
महाराजगन्ज नर्सिङ क्याम्पसमा नेविसंघकी पोखरेल निर्वाचित, एक मतले हारेपछि अनेरास्ववियुको विरोध
-
‘पाठेघर मुखको क्यान्सर’ खोजी गर्न अभियान सञ्चालन
-
एएनए सम्मेलन क्यानडाको क्यालगरीमा हुने
-
दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची