काठमाडौँ । थकाली समुदायले आज तोरन्ल पर्व मनाएका छन् । यो समुदायले नयाँ वर्षको रूपमा तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्।
_cCIgVg5TPo.jpg)
आफ्नो थाकथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइसराइ गरेर काठमाडौँ आएका थकाली समुदायका घरको कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन्। त्यसै गरी छोरी ज्वाइँ भान्जी तथा आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर हान्ने खेल्ने चलन छ।
_dKXIRmTjKN.jpg)
थकाली समुदायले यस दिन घरमै बनाएको छ्याङसमेत खाने प्रचलन रहेको रहेको छ। थकाली समुदायले फागु पूर्णिमा रङ्गहरू नलगाउने भए पनि आजभोलि लगाउने गरिएको छ ।
_RERjWHlP09.jpg)
मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइसराई गरेर देशका विभिन्न सहर तथा विदेशमा गएका छन् ।
_LwJYM33Slo.jpg)
_m5xsVvLis6.jpg)
_cxIOL6xgIz.jpg)
_guMF26A258.jpg)
_aoV3BNhv1w.jpg)
_Qk5lNiXRYP.jpg)
_NLhtnYoK8i.jpg)
_2DXgLH8uj7.jpg)
प्रतिक्रिया