फिफा विश्वकप २०२६
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
सोमबार, १५ असार २०८३, २३ : ३८
सारांश
- जारी फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा जापानले ब्राजिलविरुद्ध पहिलो हाफको समाप्तिमा १-० को अग्रता लिएको छ।
- खेलको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले गरेको गोल निर्णायक बन्यो।
- ह्युस्टन रंगशालामा भएको यस खेलमा पहिलो हाफमा थप गोल हुन सकेन।
काठमाडौँ। जारी फिफा विश्वकप २०२६ को ‘राउन्ड अफ ३२’ अन्तर्गतको रोमाञ्चक खेलमा पहिलो हाफको समाप्तिसम्म जापानले बलियो प्रतिद्वन्द्वी ब्राजिल विरुद्ध १-० को सुरुवाती अग्रता बनाएको छ।
ह्युस्टन रंगशालामा नेपाली समय अनुसार सोमबार राति १०:४५ बजे सुरु भएको यस खेलको २९औँ मिनेटमा जापानका मिडफिल्डर काइशु सानोले गरेको एकमात्र गोलको मद्दतले जापानले पहिलो हाफ आफ्नो पक्षमा पारेको हो। त्यसपछि पहिलो हाफको बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन सकेन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमान्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
-
देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा
-
स्याङ्जाका उत्कृष्ट कृषक सम्मानित
-
कासिमिरोको गोलसँगै ब्राजिल र जापान १–१ को बराबरीमा, खेल रोमाञ्चक मोडमा
-
१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
-
पहिलो हाफको समाप्तिसम्म ब्राजिलविरुद्ध जापानको १–० को अग्रता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण