१२ बजे १२ समाचार: कर्णालीका मन्त्रीको मनपरीदेखि विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशनसम्म
सारांश
- कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफ्नो निर्वाचन क्षेत्रमा आफूखुसी ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ।
- त्रिभुवन विश्वविद्यालयले आफ्ना विभागहरूबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ।
- विशेष अदालतले नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरण कसुरमा थप तीन दिन थुनामा राखी अनुसन्धान गर्न अनुमति दिएको छ।
काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ ।
१. कर्णालीका मन्त्रीको मनपरी
कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले आफूखुसी आफ्नो निर्वाचन क्षेत्रमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको पाइएको छ। प्रदेश सरकारसँग हुँदै नभएको ‘सुरक्षित नागरिक आवास’ नामको कार्यक्रम खडा गरी उनले आफ्नै मन्त्रालयबाट दुईवटा योजना पारेका हुन्।
२. विद्यार्थी सङ्गठनका संरचना हटाउन निर्देशन
त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आफ्ना सम्पूर्ण विभागहरूबाट दलीय विद्यार्थी सङ्गठनका भौतिक तथा साङ्गठनिक संरचनाहरू हटाउने प्रक्रिया अगाडि बढाएको छ।
३. रवि–बालेनको चेतावनी
सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को हालै सम्पन्न प्रथम राष्ट्रिय महाधिवेशन गुटबन्दी अन्त्य गर्न असफल देखिएको छ । चितवनको भरतपुरमा निर्धारित मिति (असार ७–९) भन्दा तीन दिन ढिला गरी असार १२ गते सम्पन्न महाधिवेशनमा गुटबन्दी सार्वजनिक रूपमै छताछुल्ल भयो ।
४. धान दिवस
लोकभाकाका यी हरफहरूलाई चरितार्थ गर्दै तारकेश्वर नगरपालिका वडा नम्बर ३ स्थित जितपुरफेदीका खेतका गराहरू यतिबेला बेहुलीझैँ सजिएका छन्।
५. सम्भावित विपद्को तयारी
प्राकृतिक विपद्को समयमा सरकारी निकायहरूबिच समन्वय अभावका कारण समयमा उद्धार तथा राहतको पहल हुन नसक्दा नागरिकले निकै सास्ती भोग्न बाध्य छन् ।
६. अदालत
विशेष अदालतले सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।
७. नेकपा बैठक
नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्काल वाम एकता नहुने स्पष्ट पारेका छन्।
८. निर्धारित समयमा मन्त्रालयहरूले गर्न सकेनन् ओएण्डएम
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले जेठ १२ गते सबै मन्त्रालयलाई ‘निर्णय कार्यान्वयन सम्बन्धमा’ शीर्षकमा परिपत्र गर्दै असार ७ गतेभित्र सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण (ओएण्डएम) कार्य सम्पन्न गर्न निर्देशन दिए पनि उक्त निर्देशन कार्यान्वयन हुन नसकेको पाइएको छ।
९. कम्पनी ऐनको मस्यौदाले सेयर बजारमा तरङ्ग
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको ‘कम्पनी ऐन, २०८३’ को मस्यौदाले पुँजी बजारमा ठूलो तरङ्ग सिर्जना गरेको छ।
१०. ‘वैज्ञानिक समाजवाद कि बहुदलीय जनावाद’ पुस्तक विमोचन
पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले नयाँ पार्टी बनाउन लागेको आरोपको खण्डन गरेका छन्।
११ .कोशी सरकार
कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ल्याएको बजेट (रातोकिताब) सच्याएर ‘सन्तुलन मिलाउनु पर्ने’ दबाब दिइरहेका सत्ता पक्षका सांसदलाई नै अप्ठ्यारोमा पार्ने सरकारले तयारी गरेको छ ।
१२. विश्वकप
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण