५ जना मृत अवस्थामा फेला
बुधबार, २८ फागुन २०८१, १२ : ५४

काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-१६ बालाजु बसन्तनगर गुम्बा विट नजिक मन्दिर परिसरमा नुवाकोट ढिकुरे घर बताउने अन्दाजी ३६ वर्षीय नरेन्द्र बाँनिया बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- दैलेख, नौमुलौ गाउँपालिका-४ उत्तेसेनी कालिका बस्ने ४५ वर्षीया रती बुढा आफ्नै घरमा बुधबार मृत अवस्थामा फेला परेका छन् ।
- मोरङ, सुन्दरहरैंचा नगरपालिका-५ सिस्ने टोलमा फर्निचर संचालन गर्दै आएका सोही नगरपालिका-५ खोक्सी बस्ने अन्दाजी ५५ वर्षीय रवि मुसर ऋषिदेव सोही फर्निचर नजिकको चौरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- गुल्मी, मदाने गाउँपालिका-४ झार्कीसल्लास्थित गोरेटो बाटोमा हाल नाम, थर, वतन नखुलेको अन्दाजी ३० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
- धनुषा, जनकपुरधाम उपमहानगरपालिका-१८ भोईलस्थित कलभर्ट मुनि हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा स्वास्थ्य जनशक्तिको अभाव छैन : स्वास्थ्यमन्त्री पौडेल
-
बागमतीको पर्यटन विकास आयोजना र कार्यालय खारेज
-
पुरानै नीति तथा कार्यक्रमलाई रि–प्याकेजिङ गरियो : सांसद पौडेल
-
शिक्षकद्वारा विद्यार्थीमाथि यौन दुर्व्यवहार, मिलापत्र गर्न स्कुलले दबाब दिएको आरोप
-
नीति तथा कार्यक्रमले सरकारको लय, चरित्र र सामर्थ्य स्पष्ट पारिदियो : उपसभापति वाग्ले
-
‘३४० वटा कर्जा माछा, दुध र बाख्रामा रहेछन्, अर्को गुगल र च्याट जीपीटी आउँछ जस्तो हल्ला गरियो’