नामिबियासँग अघिल्लो हारको बदला लिन नेपालले १२६ रन बनाउनुपर्ने
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत बुधबार खेलिएको आफ्नो चौथो खेलमा नेपालले नामिबियाबाट जितेका लागि एक सय २६ रनको लक्ष्य पाएको छ । शृंखला युगान्डामा सञ्चालन भइरहेको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २५ रन बनाएको हो । नामिबियाका लागि यासमिन खानले सर्वाधिक ४५ रनको योगदान गरिन् । तेस्रो नम्बरमा क्रिज समाल्न आएकी विकेटकिपर ब्याटर यासमिनले ४४ बलमा पाँच चौका हिर्काइन् ।
ओपनर सुने विट्मनले १५ रन बटुलिन् । टोलीकी कप्तानसमेत रहेकी विट्मनले १२ बलको सामना गरी एक छक्का र दुई चौका पनि हिर्काइन् । अर्की ओपनर काइलिन ग्रिन आठ रन बनाउँदै पेभेलियन फर्किइन् । विल्का एमवातिलेले पनि टोलीको खातामा २० रन थपिन् । उनले २३ बलको सामना गरी एक चौका पनि हिर्काइन् । जुरिएन डिरगार्टले पनि १२ बलमा दुई चौकाको मद्दतले अविजित १६ रन बटुलिन् । नामिबियाका अन्य ब्याटरले गतिलो प्रदर्शन गर्न सकेनन् ।
नामिबियाले अतिरिक्त रुपमा ११ रन पायो । नेपाली टोलीकी बलर इश्वरी बिष्टले तीन विकेट लिइन् । उनले चार ओभरमा ४० रन खर्चिइन् । रचना कुमारी चौधरीले पनि दुई विकेट हात पारिन् । रिया शर्मा र इन्दू वर्माले पनि एक–एक विकेट लिए ।
शृंखलामा नेपाल र नामिबिया दुबैले आफ्नो चौथो खेल खेलिरहेका हुन् । यी दुबै टोली अघिल्ला तीनमध्ये एक खेलमा विजयी र दुई खेलमा पराजित भएका थिए । त्यसैले यी दुबै टोली बुधबारको खेलमा दोस्रो जितको खाजिमा छन् ।
यसअघि, खेलिएको खेलमा नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो । शृंखलामा नेपाल, युगान्डा, नामिबिया र हङ्कङको सहभागिता छ । चारवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । त्यसपछि तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण