विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ : नवनिर्वाचित अध्यक्ष अधिकारी
काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का नवनिर्वाचित अध्यक्ष कृष्ण अधिकारीले शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका छन् ।
बुधबार काठमाडौँमा प्याब्सनको नयाँ कार्यसमितिको शपथ ग्रहण तथा पदभार ग्रहणपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष अधिकारीले विद्यालय शिक्षा ऐनमा निजी विद्यालयका विषय समावेश गर्ने, निजी विद्यालयका सम्पत्तिको सुरक्षा लगायत समग्र शिक्षासम्बन्धी मुद्दालाई प्रभावकारी ढंगले उठाउने बताएका हुन् ।
विद्यालयहरू आजीवन कम्पनीमा रहनुपर्छ भन्ने प्याब्सनको मान्यता रहेको उनले बताए ।
उनले निजी विद्यालयका कारण मुलुकको शिक्षा क्षेत्र राम्रो हुँदै गएको भन्दै देशभरका निजी विद्यालयलाई असल विद्यालयको रूपमा स्थापित गर्ने गरि अघि बढ्ने उल्लेख गरे ।
प्याब्सनको १६औँ राष्ट्रिय महाधिवेशनबाट अधिकारी सर्वसम्मत अध्यक्ष चयन भएका छन् । निर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष डीके ढुंगानाले स्वागत गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण