नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्षमा रवि धमला
काठमाडौँ । नेशनल इभेन्ट म्यानेजमेन्ट एसोसिएसनको अध्यक्ष रवि धमला चुनिएका छन् । एसोसिएसनको प्रथम अधिवेशनले नेक्स्ट मोडल एजेन्सीका सञ्चालक रवि धमलाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समेत चयन गरेको छ ।
एसोसिएसनकी संस्थापक अध्यक्ष तथा नेप्लिज फेशन होमकी अध्यक्ष हेमा मानन्धरको उपस्थितिमा राजधानीमा भएको अधिवेशनले उपाध्यक्षमा सुशीला थापा, सचिवमा डेभिल सिंह राजपूत, कोषाध्यक्षमा नितु श्रेष्ठ, सह–सचिवमा कृष्ण श्रेष्ठ, सह–कोषाध्यक्षमा विशाल पासवान चयन गरेको छ ।
त्यस्तै, सदस्यहरूमा भरत समारी, अमिसा वली, समसाद शाह, छिरिङ शेर्पा र रवि लामा तामाङ निर्वाचित भएका छन् ।
संस्थापक अध्यक्ष मानन्धरले सम्पूर्ण कार्यक्रम आयोजकहरूको हकहितको लागि सधैँ आवाज उठाउँदै संस्थालाई अगाडि बढाउन सबैले महत्त्वपूर्ण भूमिका खेलेको बताइन् ।
नवनिर्वाचित अध्यक्ष धमलाले नेपालभर विभिन्न कार्यक्रम आयोजना तथा व्यवस्थापन गर्नेहरूलाई एकताबद्ध गर्ने र भोलीका दिनमा कार्यक्रम आयोजकहरूको हकहितको लागि आफ्नो काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विट्जरल्याण्ड र कोलम्बियाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण