एसईईमा ४ जिपीए ल्याए १ लाख पुरस्कार दिने बारपाकको घोषणा
पोखरा । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले यो वर्षको एसईई परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पुरस्कार दिने भएको छ । कार्यपालिका बैठकबाट निर्णय गराएर पालिकाले प्राप्त अंकका आधारमा पुरस्कार घोषणा गरेको हो ।
पालिका अध्यक्ष विष्णु भट्टका अनुसार ४ जीपीए ल्याउने विद्यार्थीलाई जनही १ लाख प्रोत्साहन रकम दिइनेछ । यस्तै, ३.९ देखि ९.९९ ल्याउनेलाई ५० हजार, ३.८ देखि ३.८९ ल्याउनेलाई २५ हजार, ३.७ देखि ३.७९ ल्याउनेलाई २० हजार, ३.६ देखि ३.६९ ल्याउनेलाई १५ हजार पुरस्कार दिने भट्टले जानकारी दिए ।
पालिकाबाट यो वर्ष नियमिततर्फ २९८ जना र ग्रेड वृद्धिमा ७३ जना गरी ३७१ जना सहभागी हुँदैछन् । एसईईको नतिजालाई उत्कृष्ट बनाउन यस्तो निर्णय गरिएको भट्टले बताए । ‘हामीले विगत वर्षहरूदेखि नै शैक्षिक गुणस्तर बढाउन सक्दो प्रयास गरेका छौँ । रिजल्ट पनि राम्रो आइरहेको छ,’ उनले भने, ‘यो वर्ष प्रोत्साहन रकम नै दिने घोषणा गरेका छौँ । रिजल्ट अझै राम्रो आउने विश्वास छ ।’
पालिकाले विपन्न तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र शैक्षिक सामग्री सहयोग गर्दै आएको छ भने अभिभावक विहीन विद्यार्थीलाई छात्रबासमा राखेर १२ कक्षासम्मको निःशुल्क शिक्षा दिइरहेको छ । यस्तै, एमबीबीएस अध्ययन र स्नातकोत्तर तहमा अध्ययनरत दलित तथा बराम समुदायका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । भट्टले एसइईमा सहभागी विद्यार्थीको मनोबल उच्च बनाउन र अध्ययनको वातावरण तयार गर्न आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण