कपिलवस्तु ११ ले चुम्यो सुनगाभा सैनामैना गोल्डकपको उपाधि
बुटवल । कपिलवस्तु ११ ले सैनामैनाको मुर्गियामा भइरहेको प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि चुमेको छ ।
मुर्गिया फुटबल क्लबको आयोजनामा आज सैनामैनाको मुर्गियास्थित रङ्गशालामा भएको फाइनल खेलमा अभिषेक चर्च रजहर नवलपुरलाई १–० गोल अन्तरले पराजित गर्दै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्डकप फुटबल प्रतियोगिताको उपाधि विजेता बनेको हो ।
पहिलो हाफ बराबरी खेलेका दुवै टिम खेलको दोस्रो हाफको १० मिनेटमै कपिलवस्तु ११ का जर्सी नम्बर १० का खेलाडी मोहम्मदले डी बक्समा पाएको उत्कृष्ट अवसरलाई गोलमा परिणत गरेसँगै कपिलवस्तु ११ प्रथम सुनगाभा सैनामैना गोल्ड कपको उपाधि विजेता बन्न सफल भएको छ ।
आजको म्याचमा दुवै टोलीले विदेशी खेलाडी मैदान उतारेका थिए । दुवै टिमले गोलका थुप्रै अवसर पाए पनि अन्ततः कपिलवस्तु ११ का खेलाडी मोहम्मदले गोलको अवसरलाई सदुपयोग गर्दै आफ्नो टिमलाई उपाधि विजेता बनाउन सफल भए ।
प्रतियोगितामा उपाधि विजेता कपिलवस्तु ११ ले नगद ७ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र र दोस्रो स्थान हासिल गर्ने अभिषेक चर्च रजहर नवलपुरले नगद ४ लाख रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिता समापनमा नेकपा माओवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सहभागिता रहेको थियो । उनले खेल समापन समारोहलाई सम्बोधन गर्दै खेल प्रतियोगिता आयोजना गरेर मुर्गिया फुटबल क्लबले खेल क्षेत्रको विकासमा ठुलो योगदान गरेको बताए।
१० दिनसम्म चलेको उक्त खेल प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण