राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम

राजविराज । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णले बुधवार राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । बुधबार मञ्चीय र भाषणभन्दा भिन्न किसिमको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
होलीका पारम्परिक गीतहरू प्रस्तुत गर्दै एकले अर्कालाई अबीर लगाइदिएर कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा होली गीत गाउने कलाकारद्वारा गीतहरू प्रस्तुत गरिएको थियो ।
‘विकासका लागि राजनीति, सुशासनका लागि उद्यमशीलता, नेपालको पहिलो योजनाबद्ध राजविराजलाई पहिलो समृद्ध सहर बनाऔँ’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।
होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सांसद जिबछी यादव, सप्तरी जिल्ला सभापति रामदेव साह, सुनसरी सभापति केदारप्रसाद भण्डारी, सिराहाका नेता रामदयाल यादव, मधेस प्रदेशको पूर्व अर्थ समिति संयोजक नरेश यादव, सप्तरीको सुरुङा नगरपालिकाका मेयर गीता चौधरी, तुलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलसहित विभिन्न पालिकाका जनप्रतिनिधिदेखि विभिन्न तह र तप्काका व्यक्तिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व मुख्यसचिव गौतमको निधन
-
गण्डकी प्रदेश सभाबाट सडक विधेयक पारित
-
बिचौलिया र दलालहरूको स्वार्थमा कुलमानलाई हटाइयो- माओवादी केन्द्र
-
गणतन्त्रवादी र राजावादीको प्रदर्शनका लागि तोकियो तीनकुने र भृकुटीमण्डप
-
कुलामान हटाइएको विषयले कर्णाली प्रदेश सभामा पनि पायो प्रवेश, सरकारको विरोध
-
माओवादी नेताहरूलाई प्रश्न : टीआरसीसँग कुलमान सौदाबाजी हो ?