राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
राजविराज । नेपाल विद्यार्थी सङ्घका पूर्व केन्द्रीय अध्यक्ष एवं संविधानसभा सदस्य रञ्जित कर्णले बुधवार राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेका छन् । बुधबार मञ्चीय र भाषणभन्दा भिन्न किसिमको शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
होलीका पारम्परिक गीतहरू प्रस्तुत गर्दै एकले अर्कालाई अबीर लगाइदिएर कार्यक्रममा शुभकामना आदानप्रदान गरिएको थियो । कार्यक्रममा होली गीत गाउने कलाकारद्वारा गीतहरू प्रस्तुत गरिएको थियो ।
‘विकासका लागि राजनीति, सुशासनका लागि उद्यमशीलता, नेपालको पहिलो योजनाबद्ध राजविराजलाई पहिलो समृद्ध सहर बनाऔँ’ भन्ने नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।
होली पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सांसद जिबछी यादव, सप्तरी जिल्ला सभापति रामदेव साह, सुनसरी सभापति केदारप्रसाद भण्डारी, सिराहाका नेता रामदयाल यादव, मधेस प्रदेशको पूर्व अर्थ समिति संयोजक नरेश यादव, सप्तरीको सुरुङा नगरपालिकाका मेयर गीता चौधरी, तुलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डलसहित विभिन्न पालिकाका जनप्रतिनिधिदेखि विभिन्न तह र तप्काका व्यक्तिको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘डा. केसीसँग छु’ भन्ने शिक्षामन्त्रीकै कार्यशैलीविरूद्ध गाेविन्द केसीकाे २४औँ सत्याग्रह
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण