चौथो बच्चा जन्मेपछि लाज लाग्योः तीन दिने शिशुलाई निधारमा चुम्बन गरेर चर्च बाहिर छोडियो
एक पिताले आफ्नो तीन दिनको शिशुलाई भारतको केरलास्थित चर्च बाहिर छोडेर भागे । भुँइमा राख्नुअघि उनले बच्चालाई निधारमा चुम्बन गरे ।
३२ वर्षीया पिताले लोकलाजका कारण यसो गरेको बताए । चार सन्तान जन्माएकोमा समाजले के भन्ला भन्दै उनले आफ्नो चौथो सन्तानलाई चर्च बाहिर छोडेको बताए ।
बिट्टो र उनकी श्रीमती प्रतिभा ,२८, दुबैलाई शुक्रबार पक्राउ गरिएको छ ।
सिसिटीभी फुटेज स्थानीय टिभी च्यानल र अनलाइनमा सेयर भएपछि यी दुईलाई पक्राउ गर्न सम्भव भएको पुलिसले जानकारी दिए ।
प्रतिभाले अस्पतालमा जन्माएको बच्चालाई श्रीमानसँगको सल्लाहपछि चर्च बाहिर राख्ने निर्णय गरिएको जानकारी दिइन् ।
बारम्बार गर्भवती भएपछि आफू र श्रीमानलाई साथीभाइ र आफन्तले जिस्काउने गरेको र तथानाम भन्ने गरेकाले आफूहरुले यस्तो कदम उठाएको प्रतिभाले जानकारी दिइन् ।
चर्चमा तैनाथ सुरक्षाकर्मीले बेलुका साढे आठ बजे बच्चा भेटेपछि तत्काल पुलिसलाई खबर गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अदालतले तोकेका समयसीमाभित्र फैसला कार्यान्वयन हुन्छ : मन्त्री गौतम
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण