स्किन तथा हेयर ट्रिटमन्ट डिभाइस 'भिभाची'को केकी र रेखाद्वारा अनावरण
ललितपुर । लामो समयदेखि छाला तथा कपाल सम्बन्धि समस्यामा उत्कृष्ट सेवा प्रदान गर्दै आएको जावलाखेलस्थित अनोभा स्किन एण्ड हेयर क्लिनिकले नेपालमै पहिलो पटक अन्तर्राष्ट्रियस्तरको एन्टि एजिङ र हेयर ट्रीटमेन्ट डिभाइस 'भिभाची' भित्र्याएको छ ।
कुपण्डोलको होटल हिमालयमा आयोजित एक समारोहमा नेपाली फिल्म क्षेत्रका तीन लोकप्रिय अभिनेत्रीहरु रेखा थापा, केकी अधिकारी तथा साम्राज्ञी राज्य लक्ष्मी शाहले उक्त डिभाइसको अनावरण गरेका छन् ।
समारोहमा अभिनेत्री केकी अधिकारी तथा रेखा थापाले आफूहरू समय मिलाएर यसै साता भिभाची प्रविधिको प्रयोग गरेर आफ्नो छालालाई थप स्वस्थ बनाउने धारणा व्यक्त गरे । समारोहमा ढिला गरी उपस्थित अभिनेत्री शाहले पनि आफू पनि उक्त प्रविधिको सेवा लिन इच्छुक रहेको धारणा व्यक्त गरिन् ।
अनोभा स्किन एण्ड हेयर क्लिनिककी सञ्चालिका वरिष्ठ छाला रोग विशेषज्ञ डा स्मृति श्रेष्ठले यो डिभाइस नेपालमा ल्याउन ठूलो मेहनत गर्नु परेको बताइन् । डा श्रेष्ठका अनुसार भिभाची उपकरण एउटा माइक्रो निडलिङ प्रकयाद्वारा छाला तथा कपालको उपचार गर्ने प्रविधि हो । उनका अनुसार भिभाची एउटा उन्नत माइक्रो निडलिङ प्रविधि हो, जसमा रेडियो फ्रिक्वेन्सी ऊर्जा र साना सुईहरू प्रयोग गरी छाला तथा कपालको पुनर्निर्माण गरिन्छ । यो उपचार छालाको गहिराइमा पुगेर कोलाजेन उत्पादन बढाउने, चाउरीपन हटाउने, दागधब्बा कम गर्ने तथा छालालाई टाइट बनाउने कार्य गर्छ ।
डा श्रेष्ठका अनुसार यो प्रविधि छालाका विभिन्न समस्याहरू सुधार गर्न प्रयोग गरिन्छ । उनका अनुसार छालाको कसिलोपन कोलाजेन उत्पादन बढाएर छालालाई टाइट बनाउँछ, चाउरी र फाइन लाइनहरू हटाउँदै बुढ्यौलीका संकेतहरू कम गर्छ, छालाको बनावट सुधार गरी छालालाई मोटो, चम्किलो र स्वस्थ बनाउँछ । उनका अनुसार यो प्रविधि एक्ने स्कारको लागि अहिलेसम्मकै एक उत्कृष्ट डिभाइस हो ।
त्यस्तै, यसले छालाको पिग्मेन्टेशन र दाग हटाउने, अनुहारका दाग, स्ट्रेच मार्क्स र रंग असमानतालाई समेत सुधार गर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपमा नक्कली कन्डम आपूर्ति गर्ने सञ्जालको पर्दाफास
-
सुरु भयो स्वीट्जरल्याण्ड र कोलम्बियाबिचको खेल, कसले मार्ला बाजी ?
-
पोखरा–मुग्लिन सडक आयोजनाको चौथोपटक म्याद थप
-
मे महिनामा अमेरिकी व्यापार घाटा एक वर्षयताकै उच्च
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
प्रधानमन्त्री शाह भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण