कालीकोटमा एक किशोरको हत्या
बिहीबार, २९ फागुन २०८१, १६ : ५६

कालीकोट । यहाँको खाँडाचक्र नगरपालिका–१० चौकीमा एक किशोरको हत्या भएको छ । बुधबार राती हस्तबहादुर मल्लको नयाँ घरको पूजा भइरहेको ठाउँमा रमाइलो हेर्न आएका युवाहरुबीच झगडा हुँदा तिलागुफा नगरपालिका–७ छाप्रेका १७ वर्षीय राजेश शाहीको मृत्यु भएको हो ।
झगडामा भएको खुकुरी प्रहारबाट शाहीको मृत्यु भएको हो । सदरमुकाम मान्मबाट ३५ किमी टाढा चौकी गाउँमा आज बिहान जिल्ला प्रहरी प्रमुख डीएसपी टेकबहादुर रावतसहितको टोली घटनास्थलमा पुगी घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिएको छ । घटनामा अर्का एक जना घाइते छन् ।
मृतकको शव पोस्टमार्टमका लागि सदरमुकाम ल्याइएको जिल्ला प्रहरीका सूचना अधिकारी कृष्ण केसीले बताए । “घटनामा संलग्नलाई पक्राउ गरेका छौँ,” उनले भने, “पक्राउ परेका पाँचैजना १८ वर्षमुनिका छन् ।” घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियाले हटायो समलिङ्गी पुरुषलाई रक्त, प्लाज्मा दानमा लगाएको प्रतिबन्ध
-
ब्युँताइँदै छ लिच्छविकालीन सप्तपाताल पोखरी, तस्बिरहरू
-
ट्रम्पले तेस्रो पटक बढाए टिकटकमाथि प्रतिबन्ध लाग्ने म्याद
-
ट्रम्पले निःशर्त आत्मसमर्पण गर्न सुझाएपछि खामेनीले दिए यस्तो प्रतिक्रिया
-
काभ्रेका १३ उत्कृष्ट स्थानीय तह सम्मानित
-
बारामा २२ किलो गाँजासहित एक जना पक्राउ