दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक
बिहीबार, २९ फागुन २०८१, २० : ४७
काठमाडौँ । गायक दीपकराज कालीराजको नयाँ गीत ‘परदेशी’ सार्वजनिक भएको छ । घरपरिवार तथा गाउँघरको माया तथा परदेशी जीवनको कथा समेटिएको गीतमा बी पाण्डेको शब्द, बिपी वाग्लेको सङ्गीत र भद्र ओलीको एरेञ्ज रहेको छ ।
एकोस्टिक स्टुडियोमा रेकर्ड गरिएको गीतमा चन्द्र चौधरीले मिक्सिङ गरेका छन् । पार्वती चापागाईंको निर्देशन र शीतल वाग्लेको सह–निर्देशन रहेको गीतको भिडियोमा मदन सिलवाल, राजा राजपुत, सुरज खाती, दीपकराज कालीराजको अभिनय छ । भिडियोको छायाङ्कन धर्म मानन्धर र सम्पादन निराजनसिंह ठकुरीले गरेका छन् । गीत मिसन इन्टरटेन्मेन्ट नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण