आजदेखि नयाँ ब्याजदर लागु, कुन बैंकको बढ्यो, कुन बैंकको घट्यो ?
काठमाडौँ । चैत महिनाका लागि करिब एक दर्जन बैंकले ब्याजदर समायोजन गरेका छन् । बैंकहरुले प्रकाशित गरेको नयाँ महिनाको ब्याजदर तालिका अनुसार यो महिना लागि केही बैंकले ब्याजदर बढाएका छन् । केही बैंकले स्थिर राख्दा केही बैंकको ब्याजदर घटाएका छन् ।
खासगरी यो महिनामा बचत खाताको ब्याजदर अधिकांश बैंकको स्थिर रहेको छ । एभरेष्ट बैंकले ०.०५ प्रतिशत विन्दुले बढाउनु र ०.०१ प्रतिशत विन्दुले घटाउनुबाहेक अन्य बैंकहरुको ब्याजदर स्थिर छ । यो खातामा सबैभन्दा कम ३ प्रतिशत र सबैभन्दा धेरै ३.१० प्रतिशत ब्याजदर तोकिएको छ ।
त्यस्तै, व्यक्तिगत मुद्दती खाताका लागि भने ८ बैंकको ब्याजदर समायोजन भएको छ । त्यसमध्ये ५ वटा बैंकले ब्याजदर बढाएका छन् भने ३ वटा बैंकको ब्याजदर घटेको छ । ब्याजदर बढाएका बैंकमध्ये कुमारी बैंकले ०.१० प्रतिशत विन्दु, एनएमबि बैंक, एनआईशी एशिया बैंक, हिमालयन बैंक र नबिल बैंकले समान ०.२५ प्रतिशत विन्दुले व्याजदर बढाएका छन् । त्यस्तै, माछापुच्छ्रे बैंकले ०.५०, सानिमा बैंकले ०.३० र नेपाल बैंकले ०.२० प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।
संस्थागत मुद्दती निक्षेपतर्फ सात बैंकको ब्याजदर परिवर्तन भएको छ । त्यसमध्ये चार बैंकले ब्याजदर बढाएका छन् भने तीनवटाले घटाएका छन् । राष्ट्रिय वाणिज्य बैंक, एनएमबि बैंक र एनआईशी एशिया बैंकले ०.२५ र कुमारी बैंकले ०.२६ प्रतिशत विन्दुले ब्याजदर बढाएका छन् । त्यस्तै, हिमालयन बैंकले ०.२५, लक्ष्मी सनराइज बैंकको ०.५० र सिटिजन्स बैंकले ०.६५ प्रतिशत विन्दुले ब्याजदर घटाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण