बुढानीलकण्ठ स्कुलमा छात्रवृत्तिको अवसर, आवेदन आह्वान (सूचनासहित)

काठमाडौँ । राजधानीको बुढानीलकण्ठ स्कुलले छात्रवृत्तिमा पढ्ने अवसर प्रदान गर्नका लागि दरखास्त आह्वान गरेको छ । बुढानीलकण्ठ स्कुल तथा साझेदारी कार्यक्रममा समेत सहभागी विद्यालयहरूमा कक्षा ५ देखि आवासीय रुपमा निःशुल्क वा सहुलियत शुल्कमा अध्ययनका लागि विपन्न समुदायका जेहेनदार बालबालिकाहरूमध्येबाट छात्रवृत्ति छनोटका लागि दरखास्त आह्वान भएको शिक्षा मन्त्रालयले जनाएको छ ।
जसअनुसार २०७१ वैशाख १ देखि २०७२ चैत ३० गतेसम्म जन्म भई कम्तीमा ३ र ४ कक्षामा अभिभावकको बसोबास भएको जिल्ला वा छिमेकी जिल्लाको सामुदायिक विद्यालयमा नियमति रूपमा अध्ययन गरी शैक्षिक सत्र २०८१ मा कक्षा ४ अध्ययन पूरा गरेका लक्षित छात्र तथा छात्राले बुढानीलकण्ठ स्कुल अध्ययनको अवसर पाउनेछन् ।
जसका लागि चैत २६ र २७ गते तोकिएको परीक्षा केन्द्रमा फाराम बुझाउनुपर्नेछ । सूचनाअनुसार बुढानीलकण्ठ स्कुलका लागि खुला तथा आरक्षण सिटको संख्या ४२ रहेको छ ।
यसैगरी साझेदारी कार्यक्रम अन्तर्गतका थप साझेदारी स्कुलका निमित्त समेत जिल्ला नदोहोरिने गरी ७७ जना विद्यार्थी छनोट हुनेछन् ।
सूचना हेर्नुहोस्ः
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म