सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
सिराहा । सिराहा सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । सिराहाको धनगढीमाई नगरपालिका–१३, ढुङ्गाना टोलमा करेन्ट लागेर २७ वर्षीय हेम खडकाको मृत्यु भएको हो ।
खड्काको घर अगाडिको ११ केभी भोल्टेजको तार अचानक चुँडिएर करेन्ट प्रवाहित हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए ।
खड्काको घर अगाडि तार चुँडिएको थियो । उक्त घटनामा परेका खड्का चिच्याउँदै लडे पनि तत्काल उद्धार हुन सकेन । नेपाल विद्युत् प्राधिकरण लहानले लामो समयसम्म लाइन नकटाएका कारण उनलाई बचाउन नसकिएको स्थानीय विनोद मण्डलले बताए ।
मृतक हेम खड्का ट्याङ्कर चालक थिए । केही वर्षअघि श्रीमतीसँग सम्बन्ध विच्छेद भएपछि उनी पाँच वर्षीय छोरीको अभिभावक बनेर जीवनयापन गरिरहेका थिए । उनको असामयिक निधनपछि छोरी बिचलि्लमा परेकी छिन ।
नेपाल विद्युत् प्राधिकरण लहान शाखाले ११ केभी भोल्टेज प्रसारण लाइनमा कमसल तार प्रयोग गरेको स्थानीयको आरोप छ ।
शव पोस्टमार्टमका लागि लहान स्थित प्रादेशिक अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालयका सिराहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण