रौतहटमा हाेलीमा धार्मिक सद्भाव बिगार्न खोज्ने ३ जना पक्राउ
रौतहट । रौतहटमा होली पर्वमा सद्भाव बिगार्न खोज्ने ३ जनालाई प्रहरीले कारबाही गरेको छ । १६ नगरपालिका र दुई गाउँपालिका रहेको रौतहटमा शनिवार बिहानैदेखि होली पर्व मनाउने क्रममा केही स्थानमा दुई समुदायबिच विवाद उत्पन्न भएको थियो । तर स्थानीय प्रहरी प्रशासनको सक्रियताले कुनै अप्रिय घटना नभएर शान्तिपूर्ण तरिकाले होली पर्व सम्पन्न भएको छ ।
गौर नगरपालिका सबगढा गाउँमा होलीको नाउँमा डिजे बजाएर विवाद गर्न खोज्ने २ जना र डिजे गाडी नियन्त्रणमा लिइएको रौतहट प्रहरी प्रमुख एसपी दिलीप घिमिरेले बताएका छन्। त्यसैगरी होली पर्व मनाउने नाममा सबगढा गाउँमै हिन्दु मुस्लिमबिच धार्मिक सद्भाव भाँड्न खोज्ने ३ जना नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको एसपी घिमिरेले जानकारी दिए ।
प्रहरीका अनुसार जिल्लामा होली खेल्ने क्रममा ६ वटा सवारी दुर्घटना भएको र ७ जना मानिस घाइते भएका छन् । घाइतेमध्ये एक जना लाई थप उपचारको लागि वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ।
होलीमा ट्राफिक नियम पालना नगरी सवारी साधन चलाउने १४ वटा मोटरसाइकल र ४ चक्के २ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमान्तकृत समुदायलाई पहिचान जोगाउनै सास्ती
-
इङ्गल्याण्ड र घानाबिचको पहिलो हाफ गोलरहित बराबरी
-
भोटखोलामा पहिराले लघु जलविद्युत् आयोजनामा क्षति
-
हवाई सुरक्षासम्बन्धी क्षेत्रीय संवादको केन्द्र बन्दै काठमाडौँ
-
मन्त्री बादीद्वारा बालमन्दिर ‘अटिजम’ विद्यालय अनुगमन
-
इरानी फुटबल टोलीलाई अमेरिका प्रवेशमा सहजता, इजिप्टसँगको खेलका लागि दुई दिनअघि आउन पाउने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण