आगामी महिना श्रीलङ्का जाँदैछन् मोदी ?

नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अप्रिलमा श्रीलङ्का जानसक्ने बताइएको छ । दुबै देशबिच मछुवारहरूलाई पक्राउ गरेको मुद्दा तातिएकै समयमा यो भ्रमण हुन लागेको हो । यसैका कारण दुई देशबिच तनाव चलिरहेको छ ।
तमिलनाडुका मुख्यमन्त्री एमके स्टालिनले विदेश मन्त्री एसलाई धेरै पटक भेटिसकेका छन् । जयशंकरलाई पत्र लेखेर यस समस्याको स्थायी समाधान खोज्न आग्रह पनि गरिएको थियो ।
गत वर्ष राष्ट्रपति अनुराकुमार दिसानायकेको दिल्ली भ्रमणका क्रममा भएका सम्झौताहरूलाई अन्तिम रूप दिन मोदी अर्को महिनाको सुरुमा श्रीलङ्काको भ्रमणमा जाने श्रीलङ्का सरकारका एक मन्त्रीले शनिवार बताएकी छन् ।
संसदमा बजेट विनियोजन छलफलमा सोधिएको प्रश्नको जवाफ दिँदै विदेश मन्त्री विजिता हेराथले यस्तो बताएकी हुन् । मोदीको भ्रमणको क्रममा धेरै नयाँ सम्झौताहरूमा हस्ताक्षर हुने उनको भनाइ छ ।
२०१५ यता यो भारतीय प्रधानमन्त्रीको यो चौथो श्रीलङ्का भ्रमण हुनेछ । २०२४ मा श्रीलङ्काले ५५० भन्दा धेरै भारतीय मछुवारहरूलाई समातेको थियो । यो वर्षको अहिलेसम्मको अवधिमा १५० भन्दा धेरै पक्राउ परिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
-
आज दुई वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
दव्ल्याङमा पहिरोले कालीगण्डकी करिडोर ठप्प
-
उखुमा अनुदान कटौतीले मारमा किसान, चिनी उद्योग के होला ?
-
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले सोधेका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने
-
विनयी खोलामा आएको बाढीले बस बगायो, यात्रु सकुशल