कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै चन्दले अहिले आफूहरू नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोसिसमा रहेको जिकिर गरे ।
उनले भने, ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’
महासचिव चन्दले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणामा रूपान्तरण गर्ने गरी अघि बढिरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण