कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउँदैछौँ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले नेपालको कम्युनिस्ट आन्दोलनलाई पुनः २००६ सालको जस्तै एकीकृत गर्ने अभियानमा लागेको बताएका छन् । शनिबार ललितपुरमा समाजवादी मोर्चाले आयोजना गरेको पत्रकार सम्मेलनका क्रममा बोल्दै चन्दले अहिले आफूहरू नेपालको समग्र कम्युनिस्ट आन्दोलनलाई २००६ सालको जस्तै एकीकृत बनाउने कोसिसमा रहेको जिकिर गरे ।
उनले भने, ‘हामी नेपालको होल कम्युनिस्ट मुभमेण्टलाई २००६ सालमै फर्काउन सकिन्छ की सकिँदैन त ? भन्नेमा पनि सोचिरहेका छौँ । माओवादीलाई एक ठाउँमा ल्याउने कुरा मात्रै होइन, समाजवादीलाई, सिंगो नेपालको कम्युनिस्ट मुभमेण्टलाई नयाँ अवधारणामा, रूपान्तरणसहित २००६ साल जस्तै लैजाने बारेमा पनि छलफल भइरहेको छ ।’
महासचिव चन्दले नेपालको कम्युनिस्ट आन्दोलनलाई नयाँ अवधारणामा रूपान्तरण गर्ने गरी अघि बढिरहेको जिकिर गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा पुरुषको शव फेला
-
अझै भेटिएनन् सप्तकोशीमा बगेका मामाभाञ्जा
-
ट्रम्पको रूसी राष्ट्रपति पुटिनलाई कडा सन्देश : ‘अब शान्ति सम्झौता गरौँ’
-
ओली सरकार असफल भइसक्यो, ढल्न मात्रै बाँकी छ : वर्षमान पुन
-
ग्रीन हाइड्रोजनको सम्भावना कार्यविधिमार्फत अघि बढाउँछौँ : ऊर्जामन्त्री खड्का
-
१० बजे, १० समाचार : सरकार छाड्ने गगनको चेतावनीदेखि देउवाको प्रतीक्षामा प्रचण्डसम्म