प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधिसभाको तयारी
काठमाडौँ । प्रतिनिधिसभाले प्रतिस्थापन विधेयकलाई सदनमा नै छलफल गरेर अगाडि बढाउने भएको छ । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको शनिवार बसेको बैठकले अध्यादेशका प्रतिस्थापन विधेयकलाई प्रतिनिधिसभाको बैठकमा छलफल र निर्णयार्थ पेश गर्ने कार्यतालिका बनाएको हो ।
चैत ४ गते र चैत ७ गते बस्ने बैठकले सबै प्रतिस्थापन विधेयक पास गरेर राष्ट्रिय सभामा पठाइने भएको छ । कार्य व्यवस्था परामर्श समितिको बैठकले चैत ४ गतेदेखि १५ गतेसम्मको कार्यतालिका पनि बनाएको छ । प्रतिस्थापन विधेयकका साथै नियमित प्रक्रियाबाट आएका विधेयक पनि पारित गर्ने प्रतिनिधिसभाको योजना छ ।
सरकारले चालु अधिवेशन बोलाउनु केही दिनअघि गत पुस २९ गते चार वटा अध्यादेश र माघ २ गते एउटा अध्यादेश ल्याएको थियो । सरकारले अध्यादेश ल्याएपछि बस्ने संसदको पहिलो बैठकमा पेश हुने र त्यसको ६० दिनभित्र संघीय संसदको दुवै सदनबाट पास गरी राष्ट्रपतिबाट लालमोहर लागि सक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
सरकारले ल्याएको भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेशलाई राष्ट्रियसभामा टेबल गर्ने अवस्था नै नबनेपछि फिर्ता लिइएको छ । बाँकी संशोधन गर्ने अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश र निजीकरण पहिलो संशोधन अध्यादेश प्रतिनिधि सभाको बैठकमा नै छलफल गरी निर्णयार्थ अगाडि बढाइने कार्य योजना छ । –न्युज एजेन्सी नेपाल
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण