विद्यार्थीले लेख्न सुरु गरेपछि एकाएक परीक्षा स्थगित
सुर्खेत । मध्यपश्चिम विश्वविद्यालयले आइतबार बिहान सुरु भइसकेको परीक्षा स्थगन गरेको छ ।
स्ववियु चुनावलाई देखाएर सुरु भइसकेको ग्राजुएट स्कूल अफ ह्युमानिटीज एण्ड साेसल साइन्स अन्तर्गत स्नातक तहको पहिलो र सातौँ सेमेष्टरको परीक्षा स्थगन गरिएको हो । यसमा विश्वविद्यालयले चरम लापरबाही गरेको भन्दै विद्यार्थीहरू असन्तुष्ट बनेका छन्।
एक विद्यार्थीका अनुसार बिहान साढे ६ बजे सुरु भएर प्रश्नपत्र र उत्तरपुस्तिका वितरण भइसकेका थिए । 'हामीले लेख्न सुरु पनि गरिसकेको थियौँ,' ती विद्यार्थीले भने, 'एक्कासि परीक्षा स्थगन भएको भनियो।'
यद्यपि विश्वविद्यालयले परीक्षा स्थगित भएको विषयमा आधिकारिक, स्पष्ट जानकारी नगराएको उनले बताए।
विश्वविद्यालयले चैत १८ गते स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ।
विश्वविद्यालय जारी गरेको सूचनामा चैत्र ३ गते बसेको संयुक्त विभागीय बैठकको निर्णय नं. १ अनुसार स्नातक तह प्रथम र सातौँ सेमेष्टरको परीक्षा अर्को सूचना नआएसम्म स्थगित गरिएको उल्लेख गरिएको छ। यद्यपि कारण भने खुलाइएको छैन।
विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा शाेभाखर कँडेलले स्ववियु चुनावकै कारण स्थगित भएको जवाफ दिए । उनले राताेपाटीसँग भने, ' उता स्ववियु चुनावको कार्यतालिका सार्वजनिक भइसक्याे, निर्वाचन समिति र परीक्षा व्यवस्थापन समितिको तालमेल नमिल्दा यस्ताे भएको हाेला ।'
यद्यपि विद्यार्थीलाई भने पूर्व जानकारी नगराएको बताइएको छ। एक विद्यार्थीले भने, 'यदि त्यसो हाे भने पूर्व जानकारी गराउनुपर्ने, हामी त चुनावका लागि आएको हैन । भविष्यका लागि अध्ययन गर्न आएको हाे ।' चुनावका नाममा विद्यार्थीको भविष्यमाथि खेलबाड भइरहेको उनले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी सरकारले ल्यायो ३७ अर्ब ३८ करोड ४५ लाखको बजेट (पूर्णपाठ)
-
समाजसेवी र कलाकारलाई माईजोगमाई सेवा समाजको सम्मान
-
कर्णालीको उद्योग, पर्यटन मन्त्रालयका लागि २ अर्ब ४६ करोड विनियोजन : पर्यटन दशक घोषणा
-
बागमतीले ५४ करोड ४० लाख रुपैयाँले घटायो बजेट (पूर्णपाठ)
-
शिक्षकलाई अन्तरजिल्ला र स्थानीय तहमा सरुवा गरी पदपूर्ति नगर्ने विषय के हो ?
-
कर्णालीमा भौतिक पूर्वाधारको बजेट पनि घट्यो, १० अर्ब ९३ करोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण