भ्रष्टाचारबाट आर्जित सम्पत्ति जफतको प्रक्रिया अघि बढाउने निर्णय
काठमाण्डौँ । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा फिर्ता ल्याउने प्रक्रिया अघि बढाएका छन् । सर्वोच्च अदालतबाट ‘जफत हुने’ फैसला भएका घरजग्गा सरकारको नाममा ल्याउनेबारे गृहमन्त्री लेखकले निर्णय गरेर कार्यान्वयन प्रक्रिया अघि बढाएका हुन् । जफत गर्नुपर्ने घरजग्गा लामो समयदेखि कसुरदारले नै प्रयोग गर्दै आएका थिए ।
कसुरजन्य सम्पत्ति सम्वन्धित जिल्ला प्रशासन कार्यालय मार्फत सम्वन्धित मालपोत कार्यालयमा पठाई दाखिल खारेज गराएर सरकारको नाममा ल्याउने प्रक्रिाय सुरु गरिएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।
पूर्वप्रशासक, कर्मचारी तथा परिवारका सदस्यहरू, आमोनन्द मिश्र, सरस्वती ढुङ्गाना, मुरारीबहादुर कार्की, केशरजङ्ग खड्का र रामाज्ञा चतुर्वेदीको काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका घरजग्गा जफत गर्ने प्रक्रिया अघि बढेको छ । यस्तै, आपराधिक गतिविधिबाट सरिता गिरी राई (भारतीय नागरिक) ले नेपालमा खरिद गरेको घरजग्गा पनि जफत हुने भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण