सुकुमारको फिल्ममा एन्टी–हिरोको भूमिका खेल्दैछन् शाहरुख
नयाँ दिल्ली । बलिउडका किंग खान ‘पुष्पा २’ का निर्देशक सुकुमारसँग एउटा फिल्ममा काम गर्ने छलफलमा छन् । मणिरत्नम र एटलीसँग हिट फिल्म दिइसकेका शाहरुखले सुकुमारसँग सहकार्य गर्न सक्ने खबर आइरहेको छ । यो फिल्म कस्तो हुनेछ भन्ने जानकारी आइसकेको छैन ।
पहिले शाहरुख र सुकुमारले एउटा डार्क, इन्टेन्स, मनोवैज्ञानिक थ्रिलरमा सँगै काम गर्ने हल्ला थियो । तर अहिले जुन फिल्मबारे चर्चा चलिरहेको छ त्यो पूर्णतः फरक भएको बताइएको छ । मिडेको एउटा खबरका अनुसार शाहरुखले एउटा एन्टी–हिरोको भूमिका निर्वाह गर्नेछन् । यो फिल्म ग्रामीण राजनीतिक एक्सन ड्रामा हुनेछ र यसमा शाहरुख ग्रामीण र देसी अवतारमा देखिने बताइएको छ । फिल्मदे जात र वर्गीय उत्पीडन जस्ता सामाजिक मुद्दाहरूलाई पनि हाइलाइट गर्ने मिड–डेले समाचारमा भनेको छ ।
अहिले सुकुमार र शाहरुख दुवै जना कयौँ प्रोजेक्टमा व्यस्त छन् । सुकुमारको हातमा राम चरणसँग आरसी १७, पुष्पा ३ : द र्याम्पेजको साथमा अर्को एउटा रोमान्टिक ड्रामा छ । शाहरुखको पनि किङ र पठान २ पाइपलाइनमा छ । यसको लागि लगभग दुई वर्ष कुर्नुपर्ने हुनसक्ने भनिएको छ । शाहरुख अन्तिम पटक डन्कीमा देखिएका थिए । अब शाहरुख आफ्नी छोरी सुहाना खानसँग किङमा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल
-
रामग्राममा सांस्कृतिक भवन निर्माण अन्तिम चरणमा
-
नेपालगन्ज भन्सार: दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण