पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बनाउन लागिएको हो : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बनाउन लागिएको जानकारी दिएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका विषयको जवाफ दिँदै मन्त्री लेखकले हाल सरकारको निर्णयका आधारमा पूर्वविशिष्टलाई सेवा सुविधा दिइँदै आएकोमा अब त्यसलाई व्यवस्थित बनाउन कानुन बनाउन लागिएको जानकारी दिएका हुन् ।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले आकस्मिक, शून्य र विशेष समयमा उठाएका प्रश्नको जवाफ दिँदै राज्यकोषमा अनावश्यक भार नपर्ने गरी पूर्व विशिष्टहरूलाई सुविधा दिने कानुन बनाउन लागिएको जानकारी दिए । उनले सर्वोच्च अदालत, महालेखा परीक्षकको कार्यालय र संसद्को समितिले दिएका निर्देशनलाई पालना गरी कानुन बनाउने तयारी अगाडि बढाउन थालिएको जानकारी दिए ।
गृहमन्त्री लेखकले जवाफ दिने क्रममा अहिले पनि पूर्वविशिष्ठहरूले सरकारले बनाएको मापदण्डका आधारमा सेवा सुविधा लिइरहेको बताए । त्यही सेवा सुविधालाई संसदबाट कानुन बनाएर दिनका लागि तयारी थालिएको जानकारी दिए ।
उनले पूर्वविशिष्टलाई दिने सेवा सुविधासम्बन्धी कानुन सदनमा प्रस्तुत हुने भएकाले सुविधा बढाउने वा घटाउने भन्ने विषय सरकारको नभई संसद्को विषय हुने बताए । मन्त्रिपरिषद्को २०८१ पुस ९ गतेको बैठकबाट पूर्वविशिष्ट पदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई प्रारम्भिक स्वीकृति प्राप्त भएपछि विधेयक तर्जुमाका लागि काम सुरु भइसकेको उनले जानकारी दिए ।
त्यस्तै उनले पाथीभरा केबलकारका विषयमा देखिएका विवादका बारेमा सरकार गम्भीर रहेको भन्दै आन्दोलनकारीलाई पुनः वार्तामा बोलाइएको जानकारी दिए । आयोजनाको सुरक्षाका लागि आवश्यक सुरक्षा व्यवस्था समेत मिलाएको उनले बताए । उनले आन्दोलनकारी पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका समस्या समाधान गर्न सरकार तयार रहेको धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभिनेत्री स्वस्तिमा खड्का ‘लिभोन’ को ब्रान्ड एम्बासडर नियुक्त
-
लिवियामा नेपाली शान्ति सैनिकको अदलीबदली, ४२ जनाको टोली प्रस्थान
-
इजरायलद्वारा वेस्ट ब्याङ्क क्षेत्रबाट १६ जना प्यालेस्टिनी पक्राउ
-
‘झुट बोल्ने प्रधानमन्त्री चाहिँदैन’ भन्दै माइतीघरमा विरोध प्रदर्शन
-
अर्जेन्टिनामा लैङ्गिक हिंसाविरुद्ध विशाल प्रदर्शन, किशोरीको बलात्कार र हत्यापछि देशभर उर्लियो जनआक्रोश
-
महोत्तरीका १६ कामदार भारतमा बन्धक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण