गुलाम अलीको नेपाली गीत ‘गजल उनकै गीत उनकै’ सार्वजनिक
काठमाडौँ । पाकिस्तानी गजल गायक उस्ताद गुलाम अली, आमिर गुलाम अली र नाजिर गुलाम अलीको स्वरमा रहेको गजल ‘गजल उनकै गीत उनकै’को भिडियो सार्वजनिक भएको छ । गजलमा मनोज खड्काको शब्द छ ।
गजलको भिडियोमा केही दिन अघि ललितपुरमा आयोजित ‘गुलाम अली थ्री जेनेरेसन अन वन स्टेज’ कार्यक्रमका दृश्य समेटिएका छन् । भिडियोमा गुलाम अली नेपाल आउँदा त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको स्वागतदेखि उनको कार्यक्रमसम्मको दृश्यलाई स्थान दिइएको छ ।
प्रज्ञा साउण्ड रेकर्डिङमा रेकर्ड गरिएको गीतमा किरण कँडेलको एरेन्ज छ । गजल तयार गर्न दीप तुलाधरले मुख्य सल्लाहकारको भूमिका खेलेका छन् ।
गजलकार मनोज खड्काले उस्ताद गुलाम अलीको तीन पुस्ताले रेकर्ड गरेको हाल सम्मकै पहिलो ऐतिहासिक गजल रहेको बताए । भिडियोमा गजल तयार पार्दाको दृश्यलाई पनि राखिएको छ ।
भिडियो मनोज खड्का अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतकार खड्काका केहि कर्णप्रिय गीत बजारमा आइसकेका छन् । रामकृष्ण ढकालको स्वरमा गाउँघरले सोध्यो परदेशीलाई’, प्रमोद खरेल र त्रिशला गुरुङको स्वरमा ‘तिमी जे बन उदाहरण बन’ र मेनुका पौडेलको स्वरमा रहेको ‘तेजस्वी अप्सरा’लगायतले नेपाली श्रोतादर्शकको माया पाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राम चरणको बहुप्रतिक्षित फिल्म ‘पेद्दी’ को ओपनिङ कस्तो ?
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण