स्ववियु निर्वाचनः मकवानपुरका ४ क्याम्पसमा मतदान सुरु
मकवानपुर । स्ववियु निर्वाचन अन्तर्गत जिल्लाका ४ वटा क्याम्पसमा मतदान सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार ७ वटा क्याम्पस मध्ये ४ वटामा निर्बाध रूपमा मतदान भइरहेको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र कँडेलका अनुसार पालुङ बहुमुखी क्याम्पसमा निर्वाचन कार्यक्रम रोकिएको छ भने बंशगोपाल बहुमुखी क्याम्पस र मनहरि क्याम्पसमा यसअघि नै निर्विरोध रूपमा नेतृत्व चयन भएको छ । सो बाहेक मकवानपुर बहुमुखी क्याम्पस, हेटौँडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र वन विज्ञान अध्ययन संस्थानमा निर्वाचन कार्यक्रम अन्तर्गत मतदान जारी रहेको छ । मतदान दिउँसो ४ बजेसम्म सञ्चालन हुनेछ ।
स्ववियु निर्वाचनका लागि मकवानपुर बहुमुखी क्याम्पसमा अध्यक्ष पदका लागि २ जना मैदानमा उत्रिएका छन् । प्रमुख २ संगठन अनेरास्ववियु र अखिल क्रान्तिकारीका उम्मेदवार निर्वाचनको मैदानमा होमिएका छन् । अनेरास्ववियुबाट प्रसिद्ध रेग्मी, अखिल क्रान्तिकारीबाट छोइसाङ लामाले प्यानल बनाएर निर्वाचनको मैदानमा होमिएका छन् ।
स्वतन्त्र उम्मेदवार पुष्कर घिमिरेले सोमबार आफ्नो समर्थन प्रसिद्ध रेग्मीलाई रहेको र आफू उम्मेदवार नभएको घोषणा गर्नुभएको छ । छोइसाङ वर्तमान स्ववियु अध्यक्षसमेत हुन् । सो क्याम्पसमा २ हजार ६९८ जना मतदाता रहेको छन् ।
हेटौँडा क्याम्पसमा स्ववियु अध्यक्ष पदका लागि अभि मैनाली र दीपक वाईवा निर्वाचनको मैदानमा रहेका छन् । अनेरास्ववियुबाट मैनाली र अखिल क्रान्तिकारीबाट वाईवा प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् । क्याम्पसमा ६८५ जना मतदाता रहेको छन् ।
वनविज्ञान अध्ययन संस्थानको हेटौँडा क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबाट श्यामराज भट्ट तथा अखिल क्रान्तिकारीबाट छात्र शाही अध्यक्ष पदका लागि मैदानमा होमिएका छन् । क्याम्पसमा ४३८ मतदाता रहेको छन् ।
हेटौँडा–१९ स्थित निर्मल बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट प्रशान्त भण्डारी र अखिल समाजवादीबाट नवीना घलान अध्यक्ष पदको उम्मेदवार हुनुहुन्छ । निर्मल बहुमुखी क्याम्पसमा ८७ जना मतदाता छन् ।
थाहा नगरपालिकामा रहेको पालुङ बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट रोशनी गोपाली र अखिल क्रान्तिकारीबाट रुमिना खत्री अध्यक्ष पदका लागि मैदानमा उत्रेकी छिन् । क्याम्पसमा ७२ जना मतदाता रहेका छन् । उक्त क्याम्पसमा निर्वाचन समितिले एकलौटी ढंगबाट अघि बढेको भन्दै नेविसंघ र अनेरास्ववियुले निर्वाचन कार्यक्रम बहिस्कार गरेपछि प्रक्रिया स्थगित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाकिस्तानमा भारी वर्षाका कारण आएको बाढीमा परी १५ जनाको मृत्यु, ४० घाइते
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण