आरआरको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न माग
काठमाडौँ । रत्नराज्य लक्ष्मी क्याम्पसमा रोकिएको स्ववियु निर्वाचन प्रक्रिया सुरु गर्न उक्त क्याम्पसको स्वतन्त्र विद्यार्थी समूहले माग गरेको छ ।
काठमाडौँको प्रदर्शनीमार्गस्थित उक्त क्याम्पसमा स्ववियु निर्वाचन कार्यतालिका अनुसार मंगलबार सम्पन्न हुनुपर्ने निर्वाचन अनेरास्ववियुको तालाबन्दीका कारण स्थगित भएको थियो ।
निर्वाचन स्थगित भएकोमा स्वतन्त्र विद्यार्थी समूह भर्त्सना गर्दै निर्वाचन प्रक्रिया सुरु गर्न माग गरेको हो ।
समूहका संयोजक हर्कबहादुर बोहराले मंगलबार विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
बोहराले सत्ता र शक्तिको आडमा आरआरमा स्ववियु निर्वाचन स्थगित गरिएको आरोप समेत लगाएका छन् ।
‘निर्वाचन कार्य निष्पक्ष पारदर्शी र धाँधली रहित बनाउनुपर्नेमा फर्जी परिचयपत्र र प्रशासनबाट सम्पर्क नं सहित मतदाता नामावलीको चुहावटले निर्वाचनको विश्वसनीयता र निष्पक्षतामा गम्भीर प्रश्न खडा भएको छ । यहीँ बहानामा चुनावको अघिल्लो राति तालाबन्दी गर्नु विद्यार्थीको मताधिकारको हनन मात्रै होइन क्याम्पसलाई बन्धक बनाई राख्ने षड्यन्त्र हो’, समूहले भनेको छ, ‘स्वच्छ निष्पक्ष निर्वाचन मार्फत विद्यार्थीले आफ्ना प्रतिनिधि छान्न पाउने अधिकारको सुनिश्चित गर्न निर्वाचन प्रक्रिया अघि बढाउन क्याम्पस प्रशासन र निर्वाचन समितिलाई जोडदार माग गर्दछौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त राष्ट्रसङ्घ नेतृत्व दौडमा, उम्मेदवारबिच बहस हुँदै
-
डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न सुदूरपश्चिमेलीको आग्रह
-
रास्वपा सभापति रवि चीन भ्रमणमा जाँदै
-
देशका विभिन्न ६ वटा सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण