ऐश्वर्य बहुमुखी क्याम्पसमा फर्जी मतदानको प्रयास, एक जना पक्राउ
धनगढी । धनगढीको ऐश्वर्य बहुमुखी क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनको मतदान केन्द्रमा फर्जी मतदानको प्रयास गर्दा एक जना पक्राउ परेका छन्।
डोटीको शिखर नगरपालिका–४ का २५ वर्षीय भोजराज भट्टलाई नियन्त्रण लिएको हो। भट्ट कैलाली बहुमुखी क्याम्पसमा स्नातक तहका विद्यार्थी हुन्।
भट्टले मतदान केन्द्रमा पुगेर फर्जी मत हाल्न प्रयास गरेका थिए, तर मत खसाल्न नपाउँदै उनलाई पक्राउ गरिएको हो प्रहरी नायब उपरीक्षक (डीएसपी) कवीन्द्र सिंह बोहराले भने।
भट्टको पक्राउ पछि, एमाले निकट अनेरास्ववियुले स्ववियु निर्वाचनमा फर्जी मतदान गरेर धाँधली गरेको आरोप लगाएका छन्। यसैगरी, नेपाली कांग्रेस निकट प्राध्यापकहरूले चुनावमा नेविसंघका उम्मेदवारलाई जिताउन फर्जी मतदान गराउने आरोप लगाउँदै छानबिनको माग गरेका छन्।
प्राधिकृत अधिकारीहरूले घटनाको छानबिन सुरु गरेका छन् र आगामी कारबाहीका लागि तयारी गरिरहेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
-
‘पुष्पलाल इतिहासका पानामा सीमित नाम होइनन्, राजनीतिक चेतनाको दियो हुन्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण