ट्रम्पलाई टेरेनन् पुटिनले, पूर्ण युद्धविराम प्रस्ताव अस्विकार
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा तत्काल पूर्ण युद्धविराम अस्विकार गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको संवादका क्रममा उनले केवल उर्जा प्रणाली तथा संरचनामाथिको आक्रम रोक्ने सन्दर्भमा मात्रै सहमति जनाएका छन् ।
पुटिनले दीर्घकालीन युद्धविराम सम्झौतामा हस्ताक्षर गर्न अस्विकार गरे । ट्रम्पको टोलीले हालै मात्र साउदी अरेबियामा युक्रेनी प्रतिनिधिहरुसँग वार्ता गरेको थियो । पुटिनले, ‘वृहत ढाँचाको युद्धविराम त्यति बेला मात्रै काम गर्ने छ, जब युक्रेनले पाइरहेको सैन्य सहायता र खुफिया सूचना आदान प्रदान बन्द हुन्छ ।’
युक्रेनका युरोपेली सहयोगीहरुले भने पहिल्यै यस्ता शर्त अस्विकार गरेका छन् । यद्यपि, पुटिन र ट्रम्प मध्यपूर्वमा आगामी शान्ति वार्ता तुरुन्त गर्नेमा भने सहमत भएका छन् । गएको मंगलबार मात्रै अमेरिकी प्रतिनिधिमण्डल र युक्रेनी समकक्षीबीच भएको वार्तामा तत्काल ३० दिने युद्धविराम गर्न सकिने सहमति जुटेको थियो । तर, त्यसमा पुटिन सहमत हुन सकेका छैनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण