एसईई अवधिभर कार्यक्रम नगर्ने दुर्गेशको घोषणा
काठमाडौँ । गायक दुर्गेश थापाले एसईई परीक्षा अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गरेका छन् । एसईई परीक्षा विद्यार्थी भाइबहिनीको महत्त्वपूर्ण समय भएकोले यस अवधिभर आफूले कुनैपनि कार्यक्रम नगर्ने एक विज्ञप्ति मार्फत उनले घोषणा गरेका हुन् । विज्ञप्तिको सुरुमै उनले भनेका छन्, 'एसईईको परीक्षाको शुभकामना । यस अवधिभर कुनै पनि कार्यक्रम नगर्ने घोषणा गर्दछु ।'
'शिक्षा जीवनको सबैभन्दा मूल्यवान् ‘सम्पत्ति’ हो । यतिबेला प्रिय भाइबहिनीहरू आफ्नो मिहिनेत, परिश्रम र सपनाले उज्ज्वल भविष्यको बाटो कोर्दै हुनुहुन्छ । सबैजनालाई सफलताको धेरै शुभकामना । हजुरहरूको सफलता नै, मेरो सफलता हो’, उनले अगाडि भनेका छन् ‘म जुनसुकै स्थानमा भएपनि, जति नै ठुलो मञ्चमा उभिए पनि, मेरो वास्तविक शक्ति मेरा दर्शक श्रोताको माया र विश्वास हो । मलाई फेरि कमब्याक गराउने, माया गर्ने, मसँगै हिँड्ने मेरा भगवानरूपी फ्यानहरू हुनुहुन्छ । हजुरहरूको हौसला, ऊर्जा, अनि साथले नै मलाई यो उचाइमा पुर्याएको हो । त्यसैले, जब हजुरहरूका लागि महत्त्वपूर्ण समय आउँछ, मेरो जिम्मेवारी पनि त्यति नै ठुलो हुन्छ ।'
उनले एसईई परीक्षालाई जीवनको महत्त्वपूर्ण घडी समेत मानेका छन् । 'केवल मनोरञ्जनमा मात्र होइन, उज्ज्वल भविष्यका लागि पनि म सधैँ हजुरहरूकै साथमा हुनेछु । यतिबेला मलाई धेरै मेला, महोत्सव तथा ईभेन्टबाट कार्यक्रमका लागी कल आइरहेको छ' उनले थपेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अण्डाको मूल्य बढ्यो, कति पुग्याे प्रतिक्रेट ?
-
नखाई कति दिनसम्म बाँच्न सक्छ मान्छे ?
-
देशभरका मुख्य राजमार्गमा बाढी र पहिरोको कहर, कहाँ कहाँ छ अवरोध? (पूर्ण विवरण)
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण