लगानी गर्ने ठाउँ खोज्दै कोरियाली टोली झापा पस्यो
झापा । कोशी प्रदेशमा आगामी वैशाख १७ र १८ गते हुने लगानी सम्मेलनलाई लक्षित गरी दक्षिण कोरियाली लगानीकर्ताहरूको एक टोली अध्ययन भ्रमणका क्रममा झापा पुगेको छ ।
कोरिया नेपाल अन्तर्राष्ट्रिय एक्स्चेन्ज एसोसिएसनको पहलमा आएको टोलीले कोशी प्रदेशका झापासहित विभिन्न जिल्लामा लगानीको सम्भाव्यता अध्ययन गर्ने एसोसिएसनकी अध्यक्ष सिर्जना नेपालीले बताए । बुधबार मेचीनगर नगरपालिकाले उक्त टोलीसँग अन्तरक्रियासमेत गरेको थियो ।
कार्यक्रममा मेचीनगरमा लगानीका सम्भाव्य क्षेत्रबारे नगरप्रमुख गोपालचन्द्र बुढाथोकीले जानकारी दिए । कोरियन टोलीले बुधबार नै काँकरभिट्टा नाका, बसपार्क, एसियन हाइवेको मेची पुल, एनएमसी डेरी उद्योगलगायतको अवलोकन गरेको छ । टोलीले कृषि, पर्यटन, कागज, रेलमार्गलगायत क्षेत्रमा लगानीका लागि कोरियाली लगानीकर्ताहरू इच्छुक रहेको अवगत गराएको थियो ।
काँकरभिट्टामा बहुतले बहुउद्देश्यीय बसपार्क निर्माण, जैविक जीवाणु प्राङ्गारिक मल कारखाना स्थापना, पर्यटन विकासका लागि पर्यटकीय पूर्वाधार निर्माण, कृषि उत्पादनका लागि प्रविधिको विकास, प्रविधिमैत्री कृषि प्रणाली र प्रविधियुक्त दक्ष जनशक्ति उत्पादनलगायत विषयमा कोरियाली टोलीसँग छलफल भएको मेचिनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताए ।
छलफलमा कोरिया नेपाल अन्तरराष्ट्रिय एक्स्चेन्ज एसोसिएसन नेपालका राष्ट्रिय प्रतिनिधि प्रदीप घिमिरे, उद्योगी मेदनी अधिकारी, युवराज अधिकारीलगायतले नेपालमा लगानीको प्रशस्त अवसर रहेका भन्दै सरकारले उपयुक्त नीति र कार्यक्रम ल्याउन आवश्यक रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण