प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा दायर
काठमाडौँ । विद्यालयमा प्राथमिक तहमा कार्यरत शिक्षक अनुपस्थित रहेको समयमा ती शिक्षकको नाता पर्ने व्यक्तिलाई खेताला शिक्षक राखेर तलब खुवाएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कुलेश्वर माध्यामिक विद्यालयका प्रधानाध्याक सानुकान्छा नेपालसहित चार जनाविरुद्ध मुद्दा दायर गरेको छ । अख्तियारले बिहीबार विशेष अदालतमा प्रधानाध्यामक नेपाल, राहत शिक्षक शिवहरि घिमिरे, खेताला शिक्षक श्रुती भण्डारी भनिने अम्बिका घिमिरे र लेखापाल स्मृति रेग्मीविरुद्ध आरोपपत्र दायर गरेको हो ।
प्रधानाध्यामक नेपालको मिलेमतोमा विद्यालयमा २०८० माघदेखि २०८१ असार महिनासम्म शिवहरिको ठाउँमा श्रुतीलाई खेताला शिक्षक राखिएको र नियमविपरीत तलबभत्ता समेत निकासा गरेको आरोप अख्तियारको छ । राहत दरबन्दीका शिक्षकको ठाउँमा गैरकानुनी रुपमा सट्टा शिक्षकको रुपमा अध्यापन गर्न विद्यालयका प्रधानाध्यापकसँग मिलेमतो गरी नक्कली कागजात खडा गरी अनुपस्थित शिक्षकको नाममा एक लाख ५७ हजार रुपैयाँ रकम निकासा माग गरेकाले उनीहरुविरुद्ध १ लाख ५७ हजार ९१५ रुपैयाँ बिगो दाबी र कैद जरिवाना सजाय गरी बिगो रकम असुल गर्न माग गरिएको छ ।
लेखापाल रेग्मीले अनुपस्थित शिक्षककै नाममा चेक जारी गरी सट्टा शिक्षकलाई भुक्तानी दिएकाले मतियारका रुपमा अख्तियारले प्रतिवादी बनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विप्लव नेतृत्वको नेकपा (माओवादी)का नेता असल पार्टीबाट निष्कासित
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण