सिलबन्दी नम्बर मेल नखाएको विषयमा पर्साका सीडीओले भने– ‘यो सामान्य त्रुटि हो’
बिहीबार, ०७ चैत २०८१, २१ : ५५

वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको बताएका छन् ।
उनले मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि भएको बताए । ‘यो गम्भीर त्रुटि होइन । यसलाई सबै बसेर समाधान गर्न सकिन्छ’ उनले भने ।
क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटिका कारणले यो अवस्था आएको उनले बताए ।
उनले भने– ‘मतपत्र सुरक्षित छन्, मतपेटिका सुरक्षित छन् । हामी यो मतगणनालाई निरन्तरता दिन्छौँ । तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरूको दृष्टिकोण क्लियर हुनुपर्यो ।’
आफूहरू सबैलाई सुरक्षा दिएर जसरी अनि मतगणना गराउने तयारी अवस्थामा रहेको अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऊर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्रीमा गर्बुजा नियुक्त
-
भावी बजेट : कृषि कटौतीको अर्थ के ?
-
बोलेर नभइ कामले नतिजा देखाउनुपर्छ : उपप्रधानमन्त्री सिंह
-
'सार्वजनिक पदमा रहेका सबैको सम्पत्ति छानबिन गर्न शक्तिशाली आयोग गठन गर्नुपर्छ'
-
भारत भर्सेस पाकिस्तान : कसको सेना कति बलियो छ?
-
गभर्नर नियुक्तिमा ६५ वर्षे उमेरहद नहटाउन सर्वोच्चको अन्तरिम आदेश