सिलबन्दी नम्बर मेल नखाएको विषयमा पर्साका सीडीओले भने– ‘यो सामान्य त्रुटि हो’
बिहीबार, ०७ चैत २०८१, २१ : ५५
वीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनको मतगणनामा देखिएको विवाद सामान्य रहेको बताएका छन् ।
उनले मतपेटिका सिल गर्ने क्रममा देखिएको यो सामान्य त्रुटि भएको बताए । ‘यो गम्भीर त्रुटि होइन । यसलाई सबै बसेर समाधान गर्न सकिन्छ’ उनले भने ।
क्याम्पसको जनशक्तिबाट भएको सामान्य त्रुटिका कारणले यो अवस्था आएको उनले बताए ।
उनले भने– ‘मतपत्र सुरक्षित छन्, मतपेटिका सुरक्षित छन् । हामी यो मतगणनालाई निरन्तरता दिन्छौँ । तर क्याम्पस व्यवस्थापन र निर्वाचन समितिका पदाधिकारीहरूको दृष्टिकोण क्लियर हुनुपर्यो ।’
आफूहरू सबैलाई सुरक्षा दिएर जसरी अनि मतगणना गराउने तयारी अवस्थामा रहेको अर्यालको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आगामी दुई दिन भारी वर्षाको सम्भावना छैन: मौसम विभाग
-
ज्येष्ठ नागरिकका लागि छुट्टै अन्तर्राष्ट्रिय महासन्धि बनाउँदै संयुक्त राष्ट्रसंघ, नेपाली मुद्दा समेट्न दबाब
-
कोरियन भाषा परीक्षाका लागि आवेदन खुला
-
अर्जेन्टिनी टोलीलाई स्वदेशमा भव्य स्वागत, मेस्सी अनुपस्थित
-
काठमाडौँ जिल्ला अदालतलाई तीन ठाउँमा स्थापना गर्ने तयारी कहाँ पुग्यो ?
-
वैदेशिक रोजगारीका पीडितका लागि अनलाइन उजुरी प्रणाली सुरु, काठमाडौँ धाउनुपर्ने बाध्यताको अन्त्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण