लखनउमा अवतरण गरेको विमानमा मृत भेटिए एक यात्री
लखनउ । भारतको लखनउमा शुक्रबार बिहान अवतरण भएको एउटा विमानमा एक जना यात्री मृत फेला परेका छन् । उत्तर प्रदेश राज्यको राजधानीसमेत रहेको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ बिहान स्थानीय समयअनुसार ८ः १० बजे अवतरण गरेको हो ।
विमान अवतरण भइसकेपछि चालक दलका सदस्यले यात्रीलाई सिट बेल्ट खोलेर उत्रिनका लागि सूचित गरेका थिए । यसै क्रममा आसिफउल्ला अन्सारी नाम गरेका यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्य नजिकै पुगेर उनलाई बोलाएका थिए । कुनै प्रतिक्रिया नजनाएपछि चिकित्सकलाई बोलाइएको थियो । चिकित्सकले ती यात्रीको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
आसिफउल्लाको मृत्यु कसरी भयो भन्नेबारे खुल्न सकेको छैन । उनले आफ्नो सिटबेल्ट समेत नखोलेका कारण यात्राकै क्रममा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
आसिफउल्लाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । शव परीक्षणपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सामान किन्दा बिल लिने ग्राहकलाई सरकारी चिठ्ठा : दैनिक १ लाख ३३ हजार र पाक्षिक १० लाखसम्म उपहार जित्ने अवसर (कार्यविधिसहित)
-
वर्षा र पहिरोका कारण मुख्य राजमार्गहरू प्रभावित, कहाँको अवस्था कस्तो छ?
-
अपराधसँग सम्बन्धित ७७ मुद्दा फछ्र्योट
-
कोशीमा सत्ता परिवर्तनको खेल : एमाले र नेकपाका नेता काठमाडौँ केन्द्रित
-
चितवनमा सवारी दुर्घटनामा आयाे कमी
-
स्पेन फेरि फिफा वरीयताको शीर्ष स्थानमा, मोरक्को इतिहासकै उच्च स्थानमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण