लखनउमा अवतरण गरेको विमानमा मृत भेटिए एक यात्री

लखनउ । भारतको लखनउमा शुक्रबार बिहान अवतरण भएको एउटा विमानमा एक जना यात्री मृत फेला परेका छन् । उत्तर प्रदेश राज्यको राजधानीसमेत रहेको लखनउस्थित चौधरी चरण सिंह अन्तर्राष्ट्रिय विमानस्थलमा एयर इन्डियाको फ्लाइट ‘एआई २८४५’ बिहान स्थानीय समयअनुसार ८ः १० बजे अवतरण गरेको हो ।
विमान अवतरण भइसकेपछि चालक दलका सदस्यले यात्रीलाई सिट बेल्ट खोलेर उत्रिनका लागि सूचित गरेका थिए । यसै क्रममा आसिफउल्ला अन्सारी नाम गरेका यात्री आफ्नो सिटबाट नउठेपछि चालक दलका सदस्य नजिकै पुगेर उनलाई बोलाएका थिए । कुनै प्रतिक्रिया नजनाएपछि चिकित्सकलाई बोलाइएको थियो । चिकित्सकले ती यात्रीको मृत्यु भइसकेको घोषणा गरेका थिए ।
आसिफउल्लाको मृत्यु कसरी भयो भन्नेबारे खुल्न सकेको छैन । उनले आफ्नो सिटबेल्ट समेत नखोलेका कारण यात्राकै क्रममा मृत्यु भएको हुन सक्ने आशंका गरिएको छ ।
आसिफउल्लाको शव परीक्षणका लागि अस्पताल पठाइएको छ । शव परीक्षणपछि मृत्युको कारण पत्ता लाग्ने प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कञ्चनपुर–कमला सडक विस्तारः लहानमा ‘ओभरपास’ निर्माण थालियो
-
भारतले २४ वटा क्षेप्यास्त्र प्रहार गर्यो : पाकिस्तान
-
भारत र पाकिस्तान तनाव : सैन्य शक्ति कसको बढी छ ?
-
पाकिस्तानी सेनाको गोलीबारीमा तीन भारतीय नागरिकको मृत्यु
-
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर सामान्य घाइते