बकुलहर र आयुर्वेद अस्पताल चितवनमा मन्त्री थापाको छड्के
चितवन । बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले बकुलहर रत्ननगर अस्पताल र आयुर्वेद तथा वैकल्पिक चिकित्सालय चितवनमा छड्के अनुगमन गरेका छन् ।
मन्त्री थापाले स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतम र चिकित्सा महाशाखा प्रमुख डा. खगेश्वर गेलालसहित बकुलहर र आयुर्वेद अस्पतालको आकस्मिक अनुगमन गरेका हुन् ।
अनुगमनका क्रममा अस्पतालहरुको सेवा प्रवाह, उपलब्ध स्रोत–साधन तथा संरचनाको अवस्थाबारे जानकारी लिएका थिए । अनुगमनपछि मन्त्री थापाले अस्पतालले आफ्नो क्षमता भन्दाबढी बिरामीको चाप भएपनि सेवा दिइरहेको बताए । नागरिकलाई सहज स्वासथ्य सेवा प्रदानमा अस्पतालहरुले कमजोरी गर्न नहुने उनको भनाई थियो ।
‘हामी सेवाका क्रममा कुनै कन्जुस्याइँ गर्दैनौं, प्राथमिकता अनुसार बजेट समावेश गरेर अस्पताललाई थप सहयोग गर्नेछौं ।’ उनले भने, स्वास्थ्य मन्त्रालयले अस्पतालका समस्या समाधानका लागि मार्गनिर्देश गर्ने, आवश्यक आर्थिक तथा भौतिक सहयोग प्रदान गर्नुका साथै चिकित्सक तथा स्वाथ्यकर्मीका समस्या हल गरी प्रोत्साहन गर्ने सरकारको योजना रहेको मन्त्री थापाले बताए ।
उनले डाक्टर तथा स्वास्थ्यकर्मीले एप्रोन र परिचयपत्र अनिवार्य रुपमा लगाउन निर्देशन समेत दिए । अस्पताल व्यवस्थापन तथा नागरिकलाई सजह र गुणस्तरिय सेवा प्रदान गर्न गम्भिरताका साथ दिनुपर्ने उनको भनाई छ । मन्त्री थापाले अनुगमनलाई नियमित बनाउने र सेवा विस्तारलाई आवश्यक अध्ययनसहित अघि बढाउने उनको भनाई छ । आँखा सेवामा सुधार गर्दै अन्य आँखा अस्पतालहरुसँग समन्वय गरी १३ वटा अस्पतालमा सेवा विस्तार गर्ने योजना बनाइने उनले बताए ।
बकुलहर रत्ननगर अस्पतालमा ग्रामीण भेगका सेवाग्राहीको चाप बढी रहेकालेसेवाको गुणस्तर कम हुन नदिने मन्त्री थापाले प्रतिवद्धता व्यक्त गरे । अस्पताल व्यवस्थापनलाई बिरामीहरुको सुविधाका लागि प्रभावकारी योजना बनाउन उनले निर्देशन दिए ।
मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले प्रदेश सरकारको ध्यान स्वास्थ्य सेवा सुदृढीकरणमा रहेकाले आगामी दिनमा अस्पतालको सेवा प्रवाह थप गुणस्तरीय बनाउने बताइन् । अनुगमन टोलीले अस्पताल भवनको निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई ताकेता गर्ने उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अधिकार सुनिश्चित गर्न नीतिगत सुधार आवश्यक : सभापति बास्कोटा
-
पहिलो खेलपछि सबै विश्वकप टोलीहरूको वरीयता
-
‘परम्परागत गृह प्रशासनलाई डिजिटल रुपान्तरण गर्ने बजेटको लक्ष्य’
-
विपद् व्यवस्थापनसम्बन्धी सन्देशसहित कार्टुन प्रदर्शनी
-
विश्वकपमा केही खेलाडीको जर्सीमा देखिने विशेष प्याच के हुन् ?
-
विनियाेजन विधेयक पारित हुँदै गर्दा संसद्मा जे देखियाे, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण