बाढी प्रभावित चलचित्रकर्मीलाई कल्याणकारी कोषको सहयोग
काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका विपन्न तथा पीडित चलचित्रकर्मीलाई सहयोग गर्दै आएको चलचित्रकर्मी कल्याणकारी कोषले बाढी प्रभावित चलचित्रकर्मीहरूलाई पनि सहयोग गरेको छ ।
कोषले प्रत्येक पीडित चलचित्रकर्मीलाई ४५ हजारको दरले राहत प्रदान गरेको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी र चलचित्रकर्मी कल्याणकारी कोषकी अध्यक्ष बसुन्धरा भुसालले उक्त सहयोग प्रदान गरे ।
विगतमा गम्भीर रोगी तथा आर्थिक रूपमा कमजोर चलचित्रकर्मीलाई मात्र सहयोग गर्दै आएको कोषले पहिलो पटक यसरी सहयोग गरेको हो ।
यस योजना अन्तर्गत नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र प्राविधिक संघ र नेपाल चलचित्र द्वन्द्व कलाकार संघका सदस्यहरू यादव सिटौला, शिवप्रसाद चोलागाईं, सन्तु तामाङ, कुलप्रसाद हुमागाईं, गोकुल हुमागाईं, ज्ञानबहादुर तामाङ, र फणिन्द्रबहादुर विकलाई राहत प्रदान गरिएको छ ।
कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष डीसीले चलचित्रकर्मीको हितका लागि बोर्ड निरन्तर क्रियाशील रहने बताए । उनले चलचित्रकर्मीहरूका समस्या समाधान गर्न चलचित्र विकास बोर्ड सधैं संवेदनशील रहेको धारणा राखे ।
कार्यक्रममा कोषकी अध्यक्ष बसुन्धरा भुसालले राहत वितरण कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले चलचित्र क्षेत्रका श्रमिकहरूको सुरक्षाका लागि कोषले आफ्नो जिम्मेवारी सधैं पूरा गर्ने धारणा राखेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण