सिन्धु विकास बैंकको साधारणसभामा किन भयो लफडा ?
काठमाडौं । सिन्धु विकास बैंकको साधारणसभामा लफडा भएको छ । ११६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्तावको पक्ष र विपक्षमा मत बाझिँदा लफडा उत्पन्न भएको थियो । दुई पक्षबीच लफडा मिलाउन सुरक्षामा खटिएका व्यक्ति गएपछि हात हालाहालको अवस्था सिर्जना भएको हो ।
प्रादेशिक स्तरको सिन्धु विकास बैँकको साधारण सभा आज दोस्रो पटक बसेको थियो । काभ्रेको बनेमा मुख्य कार्यालय भएको बैङ्कको पहिलो पटक माघ २८ गते कोरम नपुगेको भन्दै साधारणसभा स्थगित भएको थियो । दोस्रोपटक बोलाइएको बैठकमा २५ प्रतिशतकै उपस्थितिमा साधारणसभा गर्न मिल्थ्यो ।
धुलिखेलस्थित मिरावल रिसोर्ट एन्ड होटलमा आजका लागि बोलाइएको १४औँ र १५ औँ साधारण सभामा ५३ प्रतिशतको उपस्थिति भएको कम्पनी सचिव पुष्कर जीसीले जानकारी दिए । सेयर खेलाडी दीपेन्द्र अग्रवालको समूह समेत आजको साधारणसभामा गएको थियो । सो समूहसँग अर्को समूहबीच लफडा भएको जनाइएको छ ।
बैंकसँग अहिले ५४ करोडको चुक्ता पुँजी रहेको छ । प्रादेशिक स्तरको विकास बैंक बन्न १२० करोड पुँजी पुर्याउनुपर्छ । यसकाल लागि हकप्रद शेयर ल्याउने कि नल्याउने भन्नेमा विवाद देखिएको हो । खासगरी प्रोमोटर शेयरधनीहरु हकप्रदको विरोधमा थिए ।
महँगो मूल्य भएका कारण साधारण शेयरधनी भने हकप्रदको पक्षमा देखिएका थिए । आजको बैठकले प्रस्तावित सबै एजेन्डा पास गरेको कम्पनी सचिव जीसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण