मिनी ट्रकभित्र च्यापिएर एकको मृत्यु, एकजना घाइते
त्रिवेणी । रुकुमपश्चिमको चौरजहारी नगरपालिका–१ मा मिनीट्रकभित्र च्यापिएर एकजना मजदुरको मृत्यु भएको छभने एकजना घाइते भएका छन् ।
आज दिउँसो मार्बल र सिमेन्ट बोकेको मिनीट्रकले च्यापिएर ट्रकमा बसेका डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २४ वर्षीय देवचन्द्र सार्कीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिए । उनका अनुसार त्रिपुरासुन्दरी–६ का २१ वर्षीय मन्दिर सार्की घाइते भएका छन् ।
‘लुम्बनी प्रदेश ०३–००१ क ००२७ नम्बरको मिनीट्रकको पछाडि भागमा मार्बलसँगै देवचन्द्र र मन्दिर बसेका थिए । उकालो मोडमा मार्बल बाँधेको डोरी चुडिएपछि बीचमा बसेका दुई मजदुर च्यापिएका हुन्’, प्रहरी निरीक्षक पाठकले भने । उनका अनुसार देवचन्द्रको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएकामा चिकित्सकले मृत घोषणा गरेका छन् भने मन्दिरको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।
घटनापश्चात प्रहरी टोलीले ट्रक नियन्त्रणमा लिएको छभने चालक सुर्खेतको गुर्भाकोट नगरपालिका–११ का विकास सुनार फरार रहेका प्रहरी निरीक्षक पाठकले जानकारी दिए । चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधान न्यायाधीश शर्मा भारत प्रस्थान
-
वैदेशिक व्यापारमा नयाँ रेकर्ड, तर व्यापार घाटा झण्डै १८ खर्ब
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण