देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको छः महासचिव गुरुङ

गोरखा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का महासचिव देव गुरुङले देशलाई अस्थिरतातर्फ धकेल्ने षडयन्त्र भइरहेको बताएका छन् ।
तमु मुक्तिमोर्चा गोरखाको छैटौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै महासचिव गुरूङले देशमा राजतन्त्र फर्काउने बाहानामा चलखेल र षडयन्त्र भइरहेको बताए । ‘प्रतिगामी शक्तिहरूले राष्ट्रिय राजनीतिमा अस्थिरता सृजना गर्न खोजिरहेको आरोप लगाए । अब देशमा गणतन्त्रको विकल्प छैन, महासचिव गुरुङले भने, ‘यो अवस्थालाई ध्यानमा राखेर प्रतिगमनको विरोध र भण्डाफोर गर्नुपर्छ ।’
गुरूङले कुनै सरकार वा व्यक्ति असफल भएमा त्यसको विकल्प अर्को पार्टी र व्यक्ति हुने भन्दै राजसंस्था कुनै पनि अवस्थामा विकल्प हुने नसक्ने धारणा राखे । मुलुकको परिवर्तनका लागि माओवादीले सबैलाई गोलबन्द गरेर अगाडि बढ्नुपर्ने भन्दै महासचिव गुरुङले फेरि माओवादीले अभिभावकीय भूमिका लिनुपर्ने अवस्था आएको बताए ।
सबै दललाई कुनै न कुनै ढङ्गले सहमति र सहकार्यमा ल्याएर राष्ट्रिय एकता कायम गर्दै एकाधिकार, दलाल पुँजीवादी प्रभुत्वलाई सदाका लागि विस्थापित गर्नुपर्ने बेला आएको उनको भनाई थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दोलालघाटदेखि पचुवारघाटसम्म पहिलोपटक रिभर ट्यूबिङ्ग
-
अब फिल्मी संगीतमा पनि खेम सेन्चुरी
-
कोशी प्रदेशः तीन महिनामा कारागार र ब्यारेकमा ६ जनाको मृत्यु
-
दलीय भागबण्डामा गरिएको पुरस्कार वितरणमा प्रेस सेन्टरको आपत्ति
-
भारतको पञ्जाबमा अज्ञात विमान दुर्घटनाग्रस्त, एकको मृत्यु, ९ घाइते
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना