औषधि व्यवस्था विभागमा सूचीकृत भयो श्री केश
काठमाडौँ । श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल औषधि व्यवस्था विभागमा सूचीकृत भएको छ ।
सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीद्वारा उत्पादित श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल आधिकारिक रुपमा औषधि व्यवस्था विभागमा सूचीकृत भएको हो ।
श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएलले विभागमा आवश्यक सर्त पुरा गरेर सूचिकृत हुनका लागि निवेदन दिएको थियो । उक्त निवेदनलाई आयोगको फागुन २५ गते बसेको बैठकले आयोगमा दर्ता गरेको हो ।
२०८१ असार २३ गतेको विभागीय निर्णयअनुसार गत साउन १७ गते औषधि व्यवस्था विभागले जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगको लागि प्रचलनमा रहेका उत्पादनहरूको सूचिकृत हुनका लागि सूचना जारी गरेको थियो । सोही अनुसार श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल विभागमा सूचिकृत भएको हो ।
श्री केश जडीबुटी आयुर्वेदिक हेयर ओएल मात्रै होइन, अब नेपालमा बनेका जडीबुटीजन्य सुगन्धित तेलहरूको खाने र बाह्य प्रयोगका लागि प्रचलनमा रहेका उत्पादनहरू अनिवार्य रुपमा औषधि व्यवस्था विभागमा दर्ता हुनु पर्नेछ ।
विभागमा दर्ता हुन आउने कुनै पनि जडीबुटीजन्य सुगन्धित तेलहरूले उत्पादन गर्ने वस्तुको फर्मुला वा कम्पोजिसनको आधार पेस गर्नुपर्ने विभागले मापदण्ड तोकेको छ ।
यसका साथै मूल्य घोषणा पेस गर्नुपर्ने र उत्पादनले जनस्वास्थ्यमा हानी, नोक्सानी नहुने प्रत्याभूति सहितको कबुलियतनामा पेस गर्नु पर्ने लगायतका न्यूनतम मापदण्डहरू पनि पुरा गर्नुपर्ने विभागले जनाएको छ ।
बजारमा विना मापदण्डका जडीबुटीजन्य सुगन्धित तेलहरू भन्दै बिक्री वितरण गरेपछि सरकारले यसको नियमन र नियन्त्रणका लागि मापदण्ड नै बनाएको हो । विभागले अव्यवस्थित बजारलाई व्यवस्थापन र गुणस्तरीय बनाउने प्रतिबद्धता जनाएको छ ।
नेपालमा पछिल्लो केही वर्षदेखि सप्तऋषि ओएल एन्ड कस्मेटिक्स इन्डस्ट्रीले विभिन्न आयुर्वेदिक सामाग्रीहरू उत्पादन गरिरहेको छ । मानव स्वास्थ्यमा हानी नपुग्ने जडीबुटीजन्य उत्पादनलाई यस कम्पनीले प्राथमिकता दिएको छ ।
नेपालमै आफ्नो कम्पनी स्थापना गरेर नेपालकै जडीबुटीको प्रयोग गरेर श्री केश तेल बनाइएको कम्पनीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यालय समयमा परिचयपत्र र सरकारी पोसाक अनिवार्य
-
धादिङमा सुक्खा पहिरोले पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध, सवारी सञ्चालन रोक
-
पानीको बोतलमा पिकफोर्डको चिट, पेनाल्टी नै नभएपछि काम लागेन
-
आईएसएफ फुटबल विश्वकपका लागि ४५ सदस्यीय टोलीको प्रारम्भिक छनोट
-
एनभीएलको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने
-
संविधान संशोधन बहस पत्र कार्यदलले बुझायो प्रतिवेदन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण