सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय
फोटो

खण्डहरजस्तै बनेको सुन्धारा, तस्बिरमा हेर्नुहोस्

आइतबार, १० चैत २०८१, १६ : १९
आइतबार, १० चैत २०८१

काठमाडौँ । करिब चार सय वर्ष पुरानो इतिहास बोकेको सुन्धारा अहिले खण्डहरजस्तै बनेको छ । 

धरहरा पुनर्निर्माणको काम गरेको रमण कन्स्ट्रक्सन कम्पनीले नै सुन्धारा पुनर्निर्माणको काम पाएको भएपनि परम्परागत संरचना धमाधम भत्काउन थालेपछि स्थानीय अभियन्ता र बासिन्दाहरूले विरोध गरेका थिए । 

सुन्धाराको पुरानो संरचना कुनै पनि हालतमा भत्काउन नदिने र नेपाली मौलिक कला–संस्कृतिको नमुनाका रूपमा सुन्धारा रहेकाले यसको संरचना जोगाउनुपर्ने स्थानीयको माग रहेको छ । 

  सो निर्माण कम्पनीले सुन्धारा रहेको ठाउँभन्दा पछाडि ठुलो खाडल बनाएर एक लाख लिटर पानी अट्ने ट्याङ्की निर्माण सुरु गरेको भएपनि सुन्धाराको ऐतिहासिक संरचनामा क्षति पुग्ने र कृत्रिम ढंगले सुन्धारामा पानी खसाल्न नदिने भन्दै विरोध भइरहेको थियो । 

   २०७२ सालमा गएको भूकम्पले सुन्धाराको बाहिरी संरचनामा क्षति पुगेको थियो । पर्खाल र भुईँमा बिछ्याएका ढुङ्गा भूकम्पले चर्किएका थिए । त्यसलाई मर्मत–सम्भार गरेर सुन्धारामा पानी खसाल्नेसहितको योजना अघि सार्न स्थानीयले काठमाडौँ महानगरपालिकालाई ध्यानाकर्षण गराएका थिए । 

तर, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा धरहराको योजनाभित्र सुन्धारालाई पनि समेटेर पुनर्निर्माण गर्नेगरी ठेकेदार कम्पनीलाई जिम्मा दिइएको थियो । सुन्धाराको बाहिरी भाग भीमसेन थापाका पालामा बनेको थियो भने त्यसमा ल्याइएको पानी प्रणाली करिब चार सय वर्ष पुरानो रहेको जानकारहरूको भनाइ छ ।

उपत्यकाका तीन जिल्लाका धारामध्ये काठमाडौँको सुन्धारा सबैभन्दा महत्त्वपूर्ण मानिन्छ । यहाँ एकै ठाउँमा पाँच वटा सुनका धारा थिए । तर, अहिले तीनवटा मात्रै सुनका धारा छन् । करिब २० वर्षअघि चोरिएका दुईवटा सुन्धारा अझै भेटिएका छैनन् । 

Sundhara.-1203Sundhara.-1204Sundhara.-1205Sundhara.-1206Sundhara.-1207Sundhara.-1208Sundhara.-1209Sundhara.-1210Sundhara.-1211Sundhara.-1212Sundhara.-1213Sundhara.-1214Sundhara.-1215

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप