पात्र परिचय समेट्दै चलचित्र ‘डोरी’ले ल्यायो पोस्टर
काठमाडौं । आगामी शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र हो ‘डोरी’ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण पक्षले एकसाथ १० वटा ‘क्यारेक्टर पोस्टर’हरू सार्वजनिक गरेको छ ।
चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही तयार पोस्टरमा ‘खुसीको कथा, दोस्तीको कथा, जलनको कथा, योद्धाको कथा, डरको कथा, निराशाको कथा, लोभी साहुको कथा, तस्करीको कथा, सङ्घर्षको कथा, इमानदारीको कथा र पीडित ऋणीको कथा’ राखिएको छ । चलचित्रका कलाकार अरुण लामा, अञ्जना बराइली, राज पौडेल, राज थापा, प्रवीण खतिवडा, प्रकाश घिमिरे, नूतन, शिशिर बाङ्देल र कविता आले पोस्टरमा अटाएका छन् ।
‘डोरी’को लेखन तथा निर्देशन अरुण लामाले गरेका हुन् । चलचित्रमा अरुण आफैँले प्रमुख भूमिका निभाएका छन् भने प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन, राज थापा, वीरेन्द्र सिंह कुशवाहा, शारदा अधिकारी, प्रेम सुब्बा, सजन श्रेष्ठ, रामबाबु रेग्मीलगायतका कलाकारको अभिनय छ ।
चलचित्रका निर्माता दिनेश भट्टराई हुन् भने कार्यकारी निर्माता राज थापा रहेका छन् । चलचित्रको स्क्रिप्ट डाक्टर मनोज पण्डित हुन् भने मुख्य सहायक निर्देशक दिनेश बहादुर रावत, एक्सन निर्देशक राजु तामाङ, सङ्गीत निर्देशक राजनराज सिवाकोटी, छायाङ्कन निर्देशक सौरभ लामा, कला निर्देशक रोशन दिवाना, सम्पादक मिलन श्रेष्ठ, र रङ्ग संयोजक रेनीश फागो रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खडेरीले धानको ब्याड सुक्न थालेपछि किसान चिन्तित
-
आइतबार यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
-
तीन सातामा दुई हजार सात सय पर्यटक हुम्ला भित्रिए
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
मैत्रीपूर्ण खेलमा जर्मनीको जित, अमेरिका २–१ गोल अन्तरले पराजित
-
सिरदली–चौडेनी सडक स्तरोन्नति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण