सिरहा औरही घटनाः गाउँपालिका अध्यक्ष र पूर्ववडाध्यक्षलाई थुनामा राखेर अनुसन्धान गर्न म्याद थप
सिरहा । सिरहाको औरहीमा महायज्ञका नाममा दलित परीवारलाई विभेद गरेको घटनामा पक्राउ परेका औरही गाउँपालिकाका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादवमाथि अदालतबाट ५ दिनको म्याद थप भएको छ ।
जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आइतबार सिरहा जिल्ला अदालतले पाँच दिन म्याद दिएको हो ।
अदालतले जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुरमा शुक्रवार नै पक्राउ परेका दुवैजनालाई आज जिल्ला अदालत सिरहाबाट आवश्यक अनुसन्धानको लािग पाँच दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी रमेश पण्डितले जानकारी दिए ।
औरही गाउँपालिका–५ मा यही चैत १७ गतेदेखि हुने भनिएको महायज्ञका नाममा फागुन १० मा अछुत भन्दै महायज्ञस्थलमा रहेको दिपक मरिकको घर बजरंगी बाबाको निर्देशनमा गाउँपालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीपको उपस्थितिमा पालिकाको डोजर लगाएर भत्काइएको थियो ।
घटनाका पीडित दीपक मरिकले शनिवार जातीय भेदभाव तथा छुवाछूत सम्बन्धी कसुरमा तीनै जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय, सिरहामा जाहेरी दर्ता गराएका थिए । जातीय छुवाछूत गरेको, घर तोडफोड गरी विस्थापित बनाएको भन्दै प्रतिवादीहरूमाथि कानुन बमोजिम कारवाही हुनुपर्ने र पीडितलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरिएको छ ।
जातीय छुवाछुतसम्बन्धी कसुरमा ३ महिनादेखि ३ वर्षसम्म र ५० हजारदेखि २ लाखसम्म जरिवानाको कानुनी व्यवस्था छ । सोही घटनाका आरोपी बजरंगी बाबाको भने खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्यको आधा पनि उठेन लुम्बिनी प्रदेशको आन्तरिक राजस्व
-
झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण